माओवादी केन्द्रको वडा नम्बर ४ घरदैलोमा

चितवन, १५ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा आफ्नो उमेद्वारलाई जिताउन भरतपुर नगरपालिका ४ का माओवादी कार्यकर्ताहरु घरदैलो अभियान संचालन गरिरहेका छन् ।
नेकपा (माओवादी केन्द्र)ले भरतपुर ४ नम्बर वडा अध्यक्षको लागि शिवराज लामिछानेलाई उम्मेद्वार बनाएको छ ।
साविक भरतपुर उपमहानगरपालिका वडा नम्बर ५ र ६ मिलाएर महानगरको वडा नम्बर ४ बनाइएको उक्त वडा मतदाताको हिसाबले ठूलो मानिन्छ । उक्त वडामा सात हजार पाँच सय ९६ मतदाता छन् ।
घरदैलो अभियान अन्तरगत शुक्रबार बिहान त्रिचोक देखि भरतपुर विमानस्थल भन्दा पश्चिम तर्फ गीतानगर सडक भन्दा पश्चिम क्षेत्रमा घरदैलो गरिएको थियो ।