​ भरतपुर १९ मा काग्रेसको चुनावि अभियान

अनिल ढकाल
चितवन, बैशाख १३ । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा नेपाली काग्रेसको चुनाव प्रचार समितिले चुनावि अभियान तिब्र पारिएको छ ।

स्थानिय तवरमा पार्टीको कार्यकर्ता खटाएर घरदैलो अभियान तिब्र बनाईएको छ । नेपाली काग्रेसले १९ नम्बर वडामा कर्ण गुरुङलाई उमेदवार बनाएको छ । वडामा विभिन्न कार्यक्रम गर्दै गुरुङलाई जिताउनका लागि कार्यकर्ता लागि परेका छन ।

विभिन्न स्थानमा कार्यालय स्थापना गरेर प्रचार अभियानलाई तिब्र पारिएको काग्रेस नेता विष्णु ढकालले जानकारी दिए । काग्रेसका पुराना नेताका रुपमा रहेका गुरुङले विकास नै आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।

सबै माझ लोकप्रिय रहेका गुरुङले स्थानिय विकासको लागि आफुले योजना बनाएको समेत बताएका छन । शारदानगर, रामपुर, किरणगञ्ज, नयाँ बजार, थानेदार चोक लगाएतका स्थानमा पुगी उनले मतदातासमक्ष आग्रह गरेका छन ।