रनपा ७ मा काग्रेसका राजनको पक्षमा जनलहर बढ्दै, घरदैलो अभियान तीव्र

 

चितवन, ११ बैशाख । नेपाली कांग्रेस रत्ननगर वडा नं ७ मा तिब्र रुपले घर दैलो अभियान चलिरहेको छ । स्थानीय निर्वाचन नजिकिदैं जादा रत्ननगर नगरपालिका वडा ७ मा काङ्ग्रेसले घरदैलो र प्रचारप्रसार अभियानलाई तीव्र पारेको हो ।
सामाजिक कार्यमा सक्रिया तथा साविक बछौली गाविसका तरुण दलका अध्यक्ष समेत रहेका लालबहादुर भट्ट (राजन) वडा नं. ७ को अध्यक्ष पदमा उठेपछि वडा भरि नै जनलहर चलेको छ । भने उनको पक्षमा जनलहर समेत बढ्दै गएको छ ।


चितवनमा झण्डै २ दशक देखि पर्यटन क्षेत्रमा सक्रिय राजन स्थानिय माझ नै लोकप्रिय भएका कारण यति वडा नंं ७ भरि नै जन लहर चलेको हो । रेवान सौराहाका अध्यक्ष समेत रहेका राजन १ दर्जन बढी सामाजिक संस्थामा सक्रिय छन् । भने सौराहाका अगुवा युवा नेताका रुपमा समेत परिचित छन् ।
सोही कारण यतिवेला राजनसहितको टिम जिताउन सिङ्गो काङ्ग्रेस जुटेको हो । राजन जिताउन घरदैलो देखि जनतामा प्रत्यक्ष भेटि आफ्नो योजना तथा समृद्ध सौराहा बनाउन सबै कार्यकर्ता दैनिकजसो व्यस्त भएका छन् ।
सिंहदरबारको अधिकार जनताको घर घरमा पुर्याउन तथा लामो समय सम्म स्थानिय निकायमा जनप्रतिनिधीको रिक्ततालाई पूर्ण गर्न अधिकार सम्पन्न स्थानिय सरकार स्थापित गर्न सबैमा जोश, जाँगर सहित आफुहरु सक्रियका साथ लागेको राजनले बताए ।