एमाले प्रदेश नम्बर ३ को बैठक बस्यो, महानगरमा केशवलाल अग्रपंक्तिमा

काठमाण्डौ ११ वैशाख । नेकपा एमाले प्रदेश नं. ३ को आइतवार वसेको वैठकमा चितवनबाट सिफारिस मेयर तथा उपमेयरका नामहरु केन्द्रीय कमिटीमा पठाउने निर्णय गरेको छ ।

जिल्लाले सिफारिस गरेको सवै नामहरुलाई सोही अनुरुप प्रदेशले केन्द्रीय कमिटीमा पठाउने निर्णय गरेको हो । प्रदेश कमिटी अध्यक्ष अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा वसेको वैठकमा पार्टीमा विभिन्न पदमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तिलाई प्राथमिकतामा राखेर जिम्मेवारी दिनु पर्नेमा प्रदेश कमिटीका सदस्यहरुले आफ्नो भनाइ राखेका थिए । चितवन जिल्लामा भरतपुर महानगर वाहेकका सवै नगरपालिका र गाउपालिकामा सर्वसम्वत उम्मेदवार जिल्लाले तोकेर सिफारिस गरेको छ ।

महानगरमा भने मेयरमा तीन जना र एक जना उपमेयरमा सिफारिस गरेको छ । मेयरका लागि सिफारिस मध्य पूर्व स्थानीय विकास मन्त्री तथा एमाले पार्टीका सल्लाहकार केशवलाल श्रेष्ठको नाम अग्रपन्तीमा आएको छ । नारायणगढका स्थायी वासिन्दा श्रेष्ठ स्थानीय विकास मन्त्रालयको जिम्मेवारी निभाएको, पार्टीको विभिन्न तहमा रहेर योगदान गरेकाले उहालाई महानगरको जिम्मेवारी दिदा उपयुक्त हुने भनाइ प्रदेश कमिटीमा सदस्यहरुले भनाइ राखेका थिए ।

महानगरको भावी योजना, सम्वृद्ध र सम्मुनत नगर वनाउनको लागि श्रेष्ठसंग प्रष्ट बिचार तथा कार्यक्रम रहेको प्रदेश कमिटीका एक सदस्यले बताए । वैठकमा प्रदेश कमिटी सदस्य लिला आचार्य, शैलेन्द्र पिया, जगन्नाथ थपलिया, विजय सुवेदीलगयातले वोलेका थिए । भरतपुर महानगरपालिकाको मेयरका लागि सिफारिस हुनेहरुमा केशवलाल श्रेष्ठ, देवी ज्ञवाली र विजय सुवेदी रहेका छन् ।
तीन जना मध्य श्रेष्ठले जिम्मेवारी पाउने देखिएको छ । वैठकमा आफूले राम्रो काम गरेको अरुले नगरेको भन्दै व्यख्या गरेका मेयर पदका आकाँक्षी विजय सुवेदीलाई वोल्दा वोल्दै बिचैमा रोकेका थिए । आफ्नो भन्दा पार्टीका सिनियर नेताको योजनामा वनेको कामलाई आफूले गरेको भन्दै व्याख्या गर्दा उनलाई वैठकमा वोल्न रोकिएको थियो । सुवेदी यस अगाडि भएको संसदीय निर्वाचन र संविधान सभाको निर्वाचनमा पराजित भएका थिए ।