एमाले चितवनले उम्मेदवार टुङगो लगायो (हेरौंँ पुरा नामावलीसहित)

 

चितवन, ११ बैशाख । नेकपा एमाले चितवनले यही वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जिल्लाका भरतपुर महानगरको मेयर उपमेयरबाहेक सबै पदका लागि उम्मेदवार टुंगो लगाएको छ ।
भरतपुर महानगरपालिकाको मेयररउपमेयरको भने उम्मेदवार नाम छनौट लागिको केन्द्रमा सिफारिस गरेको छ । जिल्लाले भरतपुरको मेयरका लागि केशवलाल श्रेष्ठ, देवी ज्ञवाली र विजय सुवेदीको नाम सिफारिस गरेको छ ।
एमालेले रत्ननगर नगरपालिकामा यसअघिका पनि मेयर भई सकेका नारायण वनलाई पुनः दोहोराएको छ । उपमेयरमा बिमला दवाडीलाई उम्मेदवार बनाएको छ । यसैगरि खैरहनी नगरपालिकाको मेयरमा लालमणी चौधरी र उपमेयरमा सुनिता थपलिया उम्मेदवार बनाएको छ । मेयरका उम्मेदवार चौधरी पूर्व साँसद हुन् भने उपमेयरकी उम्मेदवार थपलिया एमाले चितवनका पूर्व जिल्ला अध्यक्ष जेएन थपलियाकी श्रीमती हुन् ।
त्यसैगरि कालिका नगरपालिकाको मेयरमा खोमनारायण श्रेष्ठ गोपी, उपमेयरमा कमला भट्टराई उम्मेदवार बन्नुभएको छ । जिल्लाको राप्ती नगरपालिकाको मेयरमा प्रभा बराल र उपमेयरमा इमानसिंह लामालाई उम्मेदवार चयन गरिएको छ । त्यसैगरि जिल्लाको दक्षिणी भेगमा रहेको माडी नगरपालिकाको मेयरमा नारदमणी पौडेल र उपमेयरमा ताराकाजी महतो थारुलाई उम्मेदवार बनाएको छ । सबै उम्मेदवार सर्वसम्मत रुपमा चयन गरिएको एमाले चितवनले जनाएको छ ।
यसैगरि एमालेले जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनाको अध्यक्षमा नारायण अधिकारी र उपाध्यक्षमा जुना राजभण्डारीलाई उम्मेदवार बनाएको छ ।
नेकपा एमाले चितवनले भरतपुर महानगरपालिकाको वडा अध्यक्षहरुको टुंगो लगाएको छ । महानगरको २९ वटै वडाका अध्यक्षहरुको नाम केन्द्रमा सिफारिस गरेको छ ।