सामाजिक व्यक्तित्व पाण्डेको उम्मेदवारी वडाध्यक्षमा

चितवन, वैशाख ११ । दुई दशक पहिलेदेखि समाजसेवी गदै आउनु भएका रत्ननगर १० का सामाजिक व्यक्तित्व ज्ञानेन्द्रराज पाण्डे  स्थानिय तहको चुनावमा रत्ननगरबाट वडा अध्यक्षको उम्मेदवारमा उठने भएका छन । नेकपा माओवादी केन्द्र रत्ननगरले पाण्डेलाई रत्ननगर १० को वडाध्यक्षको उम्मेदवारमा उठाउने निर्णय गरेको हो ।
सामाजिक कार्यमा निरन्तर सक्रिय पाण्डे माओवादी केन्द्रको जिल्ला आयोजक समितिका सदस्य समेत हुन । वि.सं २०३५/३६ सालको आन्दोलनदेखि राजनिति शुरु गरेका पाण्डे रत्ननगरको विकासमा महत्वपूर्ण भुमिका निर्वाह गदै आएका छन ।
सामाजिक कार्य तथा वातावरणमैत्री वडा घोषणा गर्न अग्रहणी भुमिका खेलेको भन्दै रत्ननगर नगरपालिकाबाट व्यक्तिगत र संस्थागत गरि ६ पटक सम्मानसहित पुरस्कृत भएका छन ।
पार्टीभन्दा पनि असल व्यक्ति हेरेर आसन्न स्थानिय तहको चुनावमा आफुलाई वडा अध्यक्ष पदमा अमुल्य भोट दिन पाण्डेले वडावासीलाई आग्रह समेत गरेका छन ।
टोल विकास संस्था वडा समन्वय समिति रत्ननगर १० का अध्यक्ष रहेका पाण्डे रत्ननगर नगरपालिका कार्यालय परिषद् उपभोक्ता समितिका अध्यक्ष समेत हुन् ।