एमालेको चुनावी गीत लोकप्रिय बन्दै – भोट उज्यालो घामलाई, देश बनाउने जिम्मा हामीलाई

 

चितवन, ०९ बैशाख । आगामी निर्वाचनमा नेकपा एमालेलाई बिजयी गराउन आब्हान गर्दै तयार पारिएको चुनावी गीत सार्बजनिक भएलगत्तै लोकप्रिय भएको छ । पुरुषोत्तम न्यौपानेको स्वर रहेको गीतमा देश बनाउने जिम्मेवारी एमालेलाई दिन आग्रह गरिएको छ । आकर्षक स्वर र लयमा आएको गीतको भिडियोमा एमालेका पछिल्ला गतिबिधिलाई समेटिएको छ ।
घामलाई दिनुहोस….. भोट कल्लाई, उज्यालो घामलाई दिनुहोस्, देश बनाउने जिम्मेबारी हामीलाई दिनुहोस् । नेकपा एमाले जिन्दाबाद, नेकपा एमाले जिन्दाबाद, भोट के मा सुर्यमा जिन्दाबाद, भोट के मा सुर्यमा जिन्दाबाद ।’ यस्तै यस्तै छ यो गीत ।

गीत यस्तो छ

सिमानामा छिमेकीले साह्रै आँखा गाढे अरू

कोही बोल्ने छैनन् एमालेले छाडे

आँच पुर्‍याउन खोजे भने राष्ट्रियतामाथि

एकजुट हुने बेला आयो देशैभरका साथी १

………………………………………………

आफै मिली बसेका छन् हाम्रा हिमाल(तराई

पहाडलाई फुटाएर बनाउँदै छन् पराई

ठूला पार्टी भनेकाले छिमेकीलाई टेरे

सधैँ शान्ति पाउने थियौँ देशले मुहार फेरे।

………………………………………………….

नेपालीको छोरा यहाँ सिमानामा मर्छ

मिचिएको सिमा हाम्ले फिर्ता पाउनुपर्छ

हाम्ले आफ्नो संविधान मान्न पाउनुपर्छ

किन विवाद भएको छरु जान्न पाउनुपर्छ।
…………………………………………………….

जनताको बहुमतले एमालेलाई पठाऊ

देशै बेच्न खोज्नेलाई नेतृत्वमा हटाऊ

देश विकासका थाक्ने छैनन् एमालेका नेता

हार्‍यौ भने उस्तै हुन्छ यो देशको ब्यथा।
……………………………………………………