एनिमल राइट्सको नगरपालिका स्तरीय अन्तर मा.वि चित्रकला प्रतियोगिता

कमल सुवेदी
चितवन, ०९ बैशाख । पूर्वी चितवनको नगरपालिका स्तरीय अन्तर मा.वि चित्रकला प्रतियोगितामा पन्चकन्या विद्या मन्दिर रत्ननगरकी लुनिभा श्रेष्ठ प्रथम भएकी छिन् । यस्तै प्रतियोगितामा एकता शिशु निकेतन रत्ननगरका मिलन गुरुङ दोश्रो र हिमालयन आवासीय माध्यमिक विद्यालय वगिसा कर्ण तेस्रो भएका छन् ।

पृथ्वी दिवसको उपलक्ष्यमा “पृथ्वी हाम्रो साझा घर हो, सबै मिलेर बसौँ” नारासहित एनिमल राइट्स क्लबले प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगिता वान फुट फरवार्ड, बाघ संरक्षण उप समिति, समुदायमा आधारित चोरी शिकारी नियन्त्रण युवा जागरण उप समिति साथै संरक्षण र विकासको लागि विद्यार्थी संघको सहकार्य रहेको थियो ।

भने कार्यक्रममा किड्स अगेन्स्ट एनिमल क्रुएल्टि नेपालले प्रायोजक गरेका थियो । प्रतियोगिताका विजेतालाई कार्यक्रमका प्रमुख अतिथि एवं चितवन राष्ट्रिय निकुञ्जका  सहायक वार्डेन अभिनय पाठकले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा बाघ संरक्षण समितिका अध्यक्ष जितु तामाङ, समुदायमा आधारित चोरी शिकारी नियन्त्रण युवा जागरण समिति चितवनकी अध्यक्ष डोमा पौडेल लगायतले बोलेका थिए ।