चितवनमा माओवादी केन्द्रले ढुङ्गो लगायो आफ्नो उम्मेदवार (हेरौ पुरा नामावाली भिडियोसहित)

राजेन्द्र आचार्य
चितवन, ०९ बैशाख । चितवनसहित देशैभर नेकपा माओवादी केन्द्र आफ्नो उम्मेदवारहरुको घोषण गरेको छ । चितवनको  लाई घोषण गरेको छ । भने पूर्वी चितवनको कालिका नगरपालिकामा नगर ईन्चार्ज समेत रहेका रामध्वज डल्लाकोटीलाई मेयरमा र सविता लामालाई उपमेयरमा घोषण गरेको छ । यस्तै राप्ती नगरपालिकामा रामचन्द्र पाठकलाई मेयर र कल्पना लामा मोक्तानलाई उपमेयरमा उम्मेदवार घोष गरेको छ ।


१ सय ४७ औ लेनिन जयन्ती एवं ६८औ पार्टी स्थापना दिवसको अवसर पारेर स्थानीय तह निर्बाचन २०७४को लागी चितवनका एक गाउँपालिका, एक माहानगर र अन्य सबै नगरमा उम्मेदवार घोषण गरेको हो ।  भने महानगर र अन्य नगरपालिका दुई दिनमा नै मेयर र उपमेयर ढुङ्गो लाग्ने जिल्ला ईन्जार्च ईश्वरी भट्टराईले जानकारी दिए । भने जिल्लाको भरतपुर महानगरको वडा नम्बर १३, १४, १५ र २९ बाहेक सबै वडाहरुमा उम्मेदवार घोषण गरेको जिल्ला अध्यक्ष यमबहादुर परियारले बताए । यि ४ वडामा निर्णय हुन केहि प्राविधिक कुराले अड्कीएको छ उनले भने । हामीले स्थानिय वडाबाटै आएको सिफरिसका आधारमा उम्मेदवार घोषण गरेका हौँ । अन्य सिफारि नआएर अड्कीएको हो ।
भरतपुर महानगरको एक समारोहका विच नेकपा माओवादी केन्द्रका केन्द्रिय अनुशासन आयोगका संयोजक अमिक शेरचनको प्रमुख आतिथ्यतामा जिल्ला अध्यक्ष परियारले आफ्ै उम्मेदवारको नाम वाचन गरि घोषण गरेका थिए । हेरौ पुरा नामावाली भिडियोसहित