अवैध नदीजन्य पदार्थ सहित ट्रयाक्टर र जेसिवि नियन्त्रणमा

चितवन, ०८ बैशाख । अवैध रुपमा गिट्टी बालुवा उत्खनन गरेका २ वटा ट्रयाक्टर र १ थान जेसिवि चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति राप्ति न.पा.०२ चात्रा खोलामा अवैध रुपमा गिट्टी बालुवा उत्खनन गरी रहेको भनि सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरिक्षक रामेश्वर त्वातिको कमाण्डमा खटिएको प्रहरीले ना ५ त ७४८०, ना ५ त २०५६ नम्बरको ट्रयाक्टर र
ना १ क ५४३५ नम्बरको जेसिवी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले जानकारी दिए ।
नदिजन्य पदार्थ नियन्त्रण तथा निरुत्साहन गर्ने अभियान अन्तर्गत जिल्ला चितवन टोलीले ति ढुवानीका सवारी नियन्त्रणमा लिएको उनले बताए ।