माओवादीले पहिलो पटक कालिका नगरमा छान्यो मेयरमा रामध्वज, उपमेयर सविता

चितवन, ०८ बैशाख । पूर्वी चितवनको कालिका नगरपालिकामा नेकपा माओवादी केन्द्रले आफ्नो मेयर र उपमेयरको उम्मेदवारको टुङ्गो लगाएको छ ।
माओवादी केन्द्र कालिका नगर कमिटिको आज बसेको वैठकले नगर ईन्चार्ज रामध्वज डल्लाकोटी (विवेक)लाई मेयर र उपमेयरमा सविता लामा (निश्चल)लाई उठाउने निर्णय सर्वसहमत रुपमा गरेको हो ।
जिल्लामा अन्य पार्टीहरुमा उम्मेदवार ढुङ्गो लगाउन आम्मे आम्मे परेको वेला जिल्लामा पहिलो पटक कालिका नगरपलिकाकामा माओवादी केन्द्र उम्मेदवार घोषण गर्ने पहिलो पार्टी समेत बनेको छ । भने मेयर उपमेयरका उम्मेदवार दुवै पार्टीमा जनयुद्धदेखि सक्रिय रुपमा लागेका व्यक्तिहरु हुन् । दुवै नगरमा चिरपरिचतसगैँ जनता माझ भिजेका उम्मेदवार समेत रहेको छन् ।