सुनगाभा कलेजमा पुरस्कार बितरण सम्पन्न

सन्तोष भण्डारी
चितवन, बैशाख ८ ।  खैरहनी नगरपालिका ६ मा रहेको सुनगाभा कलेजमा आज शुक्रवार पुरस्कार बितरण गरिएको छ । २०७३ चैत २९ र ३० गते भएको बार्षिक खेल्कुद प्रतियोगिताको बिजेताहरुलाइ आज एक कार्यक्रम बिच पुरस्कार बितरण गरिएको हो ।
कलेजले आयोजना गरेको बार्षिक खेल्कुद प्रतियोगितामा फुटवल, भलिवल, टेवलटेनिस लगायतको खेलहरु संञ्चालन भएको व्याजलर संयोजक नारायण नेपालले जानकारी दिए । फुटबल प्रतियोगितमा बिबिएस दोस्रो बर्षले बिबिएस प्रथम बर्षलाई पराजित गरेको थियो । । प्रतियोगितको उत्कृष्ट खेलाडी प्रशन्न उपे्रती घोसित भएका थिए् । त्यस्तै भलिबल प्रतियोगितमा बिबिएस प्रथम बर्षले बिबिएस दोस्रो बर्षलाई पराजित गरेको थियो । प्रतियोगितको उत्कृष्ट खेलाडी अनिल श्रेष्ठ घोसित भएका थिए् । त्यस्तै टेवलटेनिसमा बिबिएस दोस्रो बर्षका सन्तोष सिङ्खडालाई हराउदै बिबिएस प्रथम बर्षका रबुन उप्रेतीले जित हासिल गरेका थिए ।