रामपुर क्याम्पसमा दुई विद्यार्थी संगठनबीच झडप हुदाँ ५ घाईते (हेरौँ को को घाईते भए)

 

चितवन, वैशाख ८ । चितवनको रामपुर क्याम्पसमा दुई विद्यार्थी संगठनबीच झडप हुँदा ५ जना घाईते भएका छन् । परीक्षा सार्ने विषयमा विवाद हुँदा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)बीच झडप भएको हो ।

झडपमा परि अनेरास्ववियुका सुदिप भुजेल र रोहित ढकाल घाईते भएका छन् भने अनेरास्ववियु (क्रान्तिकारी) तर्फ निरज सिहं, बोबेल आचार्य र सुबुच अधिकारी घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले जानकारी दिए । घाईते सबैको अहिले चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । भने क्याम्पस क्षेत्रमा सयौं का संख्याका प्रहरी परिचालन गरि झडप नियन्त्रणमा आएको छ । यसअघि पनि यसरी परिक्षाकै विषयमा पटक पटक झडप हुदै आएको थियो ।