खैरहनीमा नेकपा माओवादी केन्द्रको चुनावी योजना (हेरौ पुरा योजनाहरु यस्ता छन् )

 
चितवन, वैशाख ७ । नेकपा– माओवादी केन्द्र खैरहनीले स्थानीय तहको निर्वाचन लक्षित विभिन्न प्रतिवद्धता जाहेर गरेको छ ।
आज विहान खैरहनीमा पत्रकार सम्मेलन गरि खैरहनी नगरपालिकाको विकासका लागि भौतिक पूर्वाधार, शिक्षा तथा खेलकुद, स्वास्थ्य, कृषि, उद्योग, पर्यटन, सामाजिक सुरक्षा, भूमि, धर्म, सँस्कृति, सूचना र संचारलगायतको क्षेत्रमा महत्वपूर्ण प्रतिवद्धता जनाएको छ ।

माओवादी केन्द्र खैरहनी नगर इन्चार्ज जगन्नाथ आचार्यले जारि गरिएको प्रतिवद्धता मात्रै प्रयाप्त नभएको भन्दै नगरको विकासका लागि माओवादीले अझै धेरै काम गर्ने बताउनुभयो । उहाँले माओवादी केन्द्रले जाहेर गरेको प्रतिवद्धता खासै महत्वकांक्षी नभएको भन्दै देश विकासका लागि यो भन्दा धेरै महत्वाकांक्षी योजना ल्याउनुपर्ने बताउनुभयो ।

माओवादी केन्द्रले जाहेर गरेको प्रतिवद्धता बुँदागत रुपमा प्रस्तुत गरेका छौं ।

भौतिक पूर्वाधार तर्फः 
१.नगरपालिका वरिपरि चक्रपथ निर्माण गरि नगर बस संचालन गरिने छ ।
२.कयर खोला, लदरा खोला, र ढुंग्रे खोलामा पक्की तटबन्धन गरि सडक निर्माण गरिने छ ।
३.सबै वडाहरुमा वडा कार्यालय निर्माण गरिने छ ।
४.चितवन राष्ट्रिय निकुञ्ज र मानव बस्तीबीच कंक्रिट वाल निर्माण गरिने छ ।
५.नगरपालिकाका सबै टोलहरुमा पक्की सडक र ढल निर्माण गरिने छ ।
६.चैनपुर चोकमा गेट निर्माण गरि राष्ट्रिय निकुञ्जदेखि राजमार्गसम्म चार लेनको पक्की सडक निर्माण गरिने छ र यसलाई होम स्टे सम्म सहज पहुँच पु¥याईने छ ।
७.एउटा नगरस्तरीय बस पार्क निर्माण गरिने छ ।
८.पर्सा बजारको चौविसकोठी चोकमा आकाशे पुल निर्माण गरिने छ ।

शिक्षा तथा खेलकुद तर्फः
१ .नगरपालिकामा एउटा बहु–प्राविधिक शिक्षालय संचालन गरिने छ ।
२.भुवानी शंकर कलेजमा सबै विषयको स्नातकोत्तर अध्ययन गर्ने व्यवस्था गरिने छ ।
३.सामुदायिक विद्यालयमा कक्षा ११ मा प्रवेश गर्ने प्रत्येक विद्यार्थीहरुलाई एक–एक वटा ल्यापटप उपलब्ध गराईने छ ।
४.निजी विद्यालयको चर्को शुल्कः नियन्त्रण गरि तिनिहरुलाई करको दायरामा ल्याईने छ । त्यसबाट प्राप्त रकम सरकारी विद्यालयमा लगानी गरिने छ ।
५.प्रत्येक वर्ष एक–एक जना उत्कृष्ट छात्र–छात्रालाई एमबिबिएस र बिई पढ्नको लागि छात्रवृत्ति उपलब्ध गराईने छ ।
६.नगरपालिकामा एउटा उच्चस्तरको खेलकुद मैदान निर्माण गरिने छ ।
७.नगरपालिका भित्रका कम्तीमा एउटा सामुदायिक विद्यालयको ११र१२ को कक्षामा विज्ञान संकायको अध्ययन गर्ने बनाईने छ ।

स्वास्थ्य तर्फः
१.खैरहनी स्वास्थ्य केन्द्रको स्तरोन्नती गरि ५० शैयाको अस्पताल निर्माण गरिने छ । सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने छ ।
२.किशोर किशोरीहरुलाई नियमित प्रजनन् स्वास्थ्य शिक्षा प्रदान गरिने छ ।
३.सबै नागरिकलाई स्वस्थ खानेपानीको व्यवस्था गरिने छ ।
४.हाल रहेका उप–स्वास्थ्य चौकीको स्तरोन्नती गरि स्वास्थ्य चौकीमा रुपान्तरित गरिने छ ।
५.सबै नागरिकहरुको स्वास्थ्य बिमा गरिने छ ।
कृषि तर्फः
१.स्वस्थ मासाको लागि व्यवस्थित पशु वधशाला निर्माण गरिने छ । अव्यवस्थित पशु बधलाई नियन्त्रण गरिने छ ।
२.कृषि खाद्य वस्तुको स्तरीय गुणस्तरको नाप, जाँच केन्द्र खोली नाप, जाँचलाई नियमित गरिने छ ।
३.कृषि तथा पशु सेवा केन्द्रको स्तरोन्नती गरि कृषि तथा पशु रोग नियन्त्रणको लागि अनुदानको व्यवस्था गरिने छ । किसानहरुलाई नियमित तालिम र प्रशिक्षणको व्यवस्था गरिने छ ।
४.पशु प्रजनन्लाई निःशुल्क गरिने छ ।

उद्योग तथा व्यापार तर्फः
१.नगरपालिका भित्र औद्योगिक क्षेत्रको निर्धारण गरि लगानीलाई आकर्षित गरिने छ ।
२. शैक्षिक योग्यता र परियोजना धितो राखी नगरपालिकाको जमानतमा बैंकहरुबाट युवा उद्यमीहरुलाई सहुलियत दरमा दश लाख रुपैयाँसम्मको ऋण उपलब्ध गराईने छ ।
३.योजनावद्ध बजार व्यवस्थापन गरि पर्सा बजारलाई नमुना बजार बनाईने छ ।
४.हप्ताको सातै दिन नगरपालिकाको सात ठाउँमा हाट बजार क्षेत्र निर्माण गरि हाट बजार संचालन गरिने छ ।
५.विज्ञहरु सम्मिलित आयोग बनाई प्रगतिशिल कर निर्धारण गरिने छ ।
६.एक घर एक रोजगार कार्यक्रमलाई प्राथमिकताका साथ संचालन गरिने छ ।
७.नगरको कम्तीमा ५ ठाउँमा व्यवस्थित कृषि बजार निर्माण गरिने छ ।

पर्यटन तर्फः
१.कंकाली मन्दिरलाई पर्यटकिय स्थलको रुपमा विकास गर्दै ज्यामिरे कंकाली मन्दिरमा केबुल कार निर्माण गरिने छ ।
२.कुमरोज, कठारलगायतका जनजाति बाहुल्य बस्तीमा कम्तीमा सय वटा होम स्टे संचालन गरिने छ ।
३.कंकाली सामुदायिक वनमा चिडियाखाना निर्माण गरिने छ ।
४.कंकाली सामुदायिक वनमा बोटानिकल गार्डेन निर्माण गरिने छ ।

सामाजिक सुरक्षा तर्फः
१.नगरपालिकाको छुट्टै कोष निर्माण गरि बृद्ध, अपाङग, अहसाय नागरिकलाई सामाजिक सुरक्षा भत्ता, निःशुल्क स्वास्थ्य र निःशुल्क यातायात सुविधा उपलब्ध गराईने छ ।
२.सडक बालबालिका तथा मानसिक सन्तुलन गुमाएकाहरुका लागि पुर्नःस्थापना केन्द्र संचालन गरिने छ ।
३.सुत्केरी महिलालाई पाँच हजार सम्म अनुदान दिईने छ ।
४.सार्वजनिक स्थानमा हुने मदिरापान र धुम्रपानलाई दण्डनीय बनाईने छ ।
५.दलित उत्थानको निम्तो दलित केन्दित आयआर्जन कार्यक्रम संचालन गरिने छ ।

भूमि तर्फः
१.वन क्षेत्र भन्दा बाहिर सार्वजनिक जमिनमा बसोबास गरेका वास्तविक सुकुम्बासीहरुलाई जग्गा धनी प्रमाण पूर्जा वितरण गरिन आवासको व्यवस्था गरिने छ ।
२.भूमीहिन गरिब किसानलाई भूमि उपलब्ध गराईने छ ।
३.औद्योगिक आवास, कृषि र बजार क्षेत्रको रुपमा भूमिको वर्गिकरण गरि जमिनकोे व्यवस्थित उपयोग गरिने छ ।
४.नगरपालिका भित्रको सार्वजनिक जमिनलाई नगरपालिका अन्तरगत ल्याई उपयोग गरिने छ ।

धर्म, सँस्कृति तर्फः
१.थारु संग्राहलय निर्माण गरिने छ ।
२.नगरतरीय थारु आयोग गठन गरिने छ ।
३.मन्दिर, चर्च, मस्जिद र गुम्बाहरुको संरक्षण र सम्वद्र्धन गरिने छ ।

सूचना तथा संचार तर्फः
१.नगरपालिका भित्र निःशुल्क वाईफाई सेवा उपलब्ध गरिने छ ।
२.हरेक माविहरुलाई ई–लाईब्रेरीको व्यवस्था गरिने छ ।
३.टेलिफोन सेवालाई प्रत्येक नागरिकहरुको पहुँचसम्म पु¥याईने छ ।

अन्यः
१.एक वर्ष भित्र नगरपालिकालाई वातावरण मैत्री नगर घोषणा गरिने छ ।
२.अनाथ, अपाङग, घाईते जनवारहरुका लागि उद्धा केन्द्र निर्माण गरिने छ ।
३.जंगली जनावरबाट घाईते नागरिकको निःशुल्क उपचार साथै मृत्यु भएमा नगरपालिकाले आफ्नै श्रोतबाट पाँच लाख नगद राहत उपलब्ध गराईने छ ।
४.नगरपालिका भित्रको रोजगारीमुखी कार्यक्रममा नगरपालिका भित्रकै प्राविधिक शिक्षालयद्धारा उत्पादित जनशक्तिलाई प्राथमिकता दिईने छ ।
५.प्रत्येक वडाहरुमा एक–एक वटा बाल मनोरञ्जन केन्द्र संचालन गरिने छ ।
६.नगरको कम्तिमा चार ठाउँमा सुविधा सम्पन्न विश्रामस्थल निर्माण गरिने छ ।