दुई खोजी गरि प्रहरी बुझयो चोरी मोटरसाईकल धनीलाई

शिव आचार्य
चितवन, ०१ बैशाख । चितवन प्रहरीले हराएको मोटरसाईकल दुई दिनमा खोजी गरि मोटरसाईकल धनीलाई फिता गराएको छ । गएको चैत ३० गते भरतपुर म.न.पा.११ वस्ने वर्ष २६ को लवराम गुरुङको बा ४८ प १८०२ नं. मोटरसाईकल भरतपुर वडा नं. २ तिनखोले भन्ने स्थानमा राखिरहेको अवस्थामा हराएको भनि चितवन प्रहरीमा निवदेन दिए लगत्तै खोजी कार्यलाई तीव्र पारि आज हस्तान्तरण गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले एक समारोहका वीच गुरुङलाई दुई दिनमै खोजी गरि ३ लाख ७५ हजार पर्ने उक्त मोटरसाईकल बुझाउन सफल भएका हुन ् ।