हाई टेक ट्रेड कन्र्सनले समाजिक सेवालाई अगाडी बढाउने घोषणा

चितवन, २७ चैत । विगत एक दशक देखि ल्यापटप तथा मोवाईल खरिद बिक्रिमा सक्रिय हाई टेक ट्रेड कन्र्सनले विभिन्न सामाजिक उत्तरदायित्वको काम गर्ने घोाषणा गरेको छ ।


आफ्नो सेवा सञ्चालनको १० बर्ष पुगेको अवसर परि कन्र्सनको सामाजिक उत्तर दायित्व अभियान अन्र्तगत विभिन्न सामाजिक कामहरु गर्ने हाई टेक ट्रेड कन्र्सनका प्रबन्ध निर्देशक विवेक शर्माले बताए ।
वैकल्पीक राजधानीको रुपमा चितवनलाई स्थापित गराउने अभियान चलिरहदाँ सूचना र प्रविधिको प्रयोगलाई आम जनतामा पु¥याउन मोवाईल देखि ल्यापटप सम्म हामी बिक्रि वितरण गर्दै आएको थियौँ प्रबन्ध निर्देशक विवेक शर्माले भने । अब हामी एक दशक पारि गरिरहादाँ किन सामाजिक कार्य पनि अगाडी बढाउन लागेका हौँ ।
सामाजिक अभियान अन्र्तगत कन्र्सन विभिन्न गरिब तथा जेहेन्दार बालबालिकाहरुलाई हरेक बर्ष विद्यालय पढाउन (जियोनी शिक्षा) कार्यक्रम गर्ने भएको छ । जसका लागि सामाजिक संस्था राउण्ड टेबल मार्फत पहिलो चरणमा २५ हजार रुपैया दिने, कन्र्सनबाट बिक्रि भएको हरेक जियोनी ए वान मोबाईलबाट एक सय रुपैयाका दरले दिने घोषणा गरेको उनले बताए । कन्र्सन चितवनको लागि जियोनी र नोकीया मोवाईलको आधिकारिक वितरक हो । भने डेल, एचपि, लेजेभो ल्पापटपको समेत अधिकारीक विक्रेता रहेका छ । कन्र्सन आगामी दिनमा आफ्नो सामाजिक कार्य सशक्त रुपमा अगाडी बढाउन अक्षय कोष कडा गरि काम गर्ने समेत उनले बताए ।