नीजि अस्पताल समितिमा फेरि डा. नारायण सिहं

राजेन्द्र आचार्य
चितवन, २६ चैत । नीजि अस्पताल समन्वय समिति ) चितवन शाखामा फेरि डा. नारायण सिहं कुवँर अध्यक्ष चयन भएका छन् ।
समितिको तेश्रो साधारण सभाले फेरि कुवँरको अध्यक्षतामा ९ सदस्ययी नयाँ कार्य समिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा ओमप्रका दवाडी, सचिवमा विक्रम अधिकारी, सहसचिवमा हरि भुषाल र कोषध्यक्षमा विष्णु कुवँर रहेका छन् । भने सदस्यहरुमा डा.विएम खरेल, हिरामान श्रेष्ठ, भरत दवाडी र शोभाखर शर्मा रहेका छन् । सभामा यसअघि जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाल उद्धघाटन गरेका थिए ।

सो अवसरमा बोल्दै उनले मेडिकल सिटीको रुपमा परिचित हरेक अस्पतालमा मुल्यसूची अनिर्वाय रुपमा राख्न निर्देशन दिए । उनले मुल्यसूची नराखी सरकारले तोकेको मापदण्ड पुरा गरि मात्रै अस्पताल चलाउन सुझाव दिए ।

समितिका अध्यक्ष कुवँरको अध्यक्षतामा सम्पन्न सभामा सचिव पुष्प धितालले स्वागत मन्तव्य राखेका थिए । भने कोषध्यक्ष विक्रम अधिकारीले बार्षिक प्रगतिर अर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उवासंघ चितवनका अध्यक्ष राजन गौतम, उद्योग संघका उपाध्यक्ष त्रिलोचन कडेँल, चितवन मेडिकल कलेजका अस्पताल निर्देशक दयाराम लम्साल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
को कुन अस्पतालबाट प्रतिनिधित्व गर्दछन् हेरौ पुरा विवरण :

अध्यक्ष : नारायण सिहं कुवँर (आशा अस्पताल प्रा.लि.)
उपाध्यक्ष : ओमप्रकाश दवाडी ( ओम अस्पताल प्रा.लि)
सचिव : विक्रम अधिकारी ( नेशनल सिटी हस्पिटल प्रा.लि.ं
सह सचिव : हरि भुषाल (मौलाकालिका अस्पताल प्रा.लि.)
कोषाध्यक्ष  : विष्णु कुवँर (नारायणी सामुदायिक हस्पिटल प्रा.लि.)
सदस्यहरु : 
डा.विएम खरेल (एलभाइए ट्रमा हस्पिटल प्रा.लि.)
हिरामान श्रेष्ठ (एड्भास अस्पताल प्रा.लि.)
भरत दवाडी ( एभेरष्ट अस्पताल प्रा.लि.)

शोभाखर शर्मा (सेन्ट्रोल हस्पिटल प्रा.लि.)