वाइसिएल चितवनको संयोजकमा मधु, इन्चार्जमा कार्की

चितवन २४ चैत ।  नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएल नेपाल चितवनको वृहद एकता भेला भरतपुरमा सम्पन्न भएको छ । भेलाले यसअघिकै नेतृत्वर्लाइ केन्द्रमा राख्दै अनिल कार्की इन्चार्ज रहेको ५१ सदस्यीय कमिटी गठन गरेको छ । मोधराज न्यौपाने मधुलाई संगठनको संयोजकको जिम्मेवारी दिइएको छ ।

समिति गठन गर्दा भुगोल,समावेशीलाई विशेष ख्याल गरिएको माओवादी केन्द्र चितवनका इन्चार्ज इश्वरी भट्टराईले जानकारी दिनुभयो । एकता भेलाको उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख रामवहादुर थापा वादलले वाइसिएल माओवादी केन्द्रको रक्तसंचार भएकोले जिम्मेवार र प्रतिवद्ध भएर जनताको घरघरमा पुगी चुनावी माहोलमा होमिन निर्देशन दिनुभयो ।

उहाले स्थानीय निकायमा देशैभर माओवादी केन्द्र विजयी हुने दिन नजिकिएकोले सोही मुताविक आफ्ना क्रियाकलाप र व्यवहार देखाउन समेत आग्रह गर्नुभयो । औपचारिक उद्घाटन समारोहभन्दा अघि भरतपुरका विभिन्न भागवाट मोटरसाइकल र्याली निकालिएको थियो ।

हजारौंको संख्यामा रहेका वाइसिएल युवाहरुले शहरको मुख्य भागहरुको परिक्रमा गर्दा चुनावी माहोल साच्चै आएको जस्तो अनुभुति हुन्थ्यो ।