पत्रकार रविको पंचायतको फस्ट लुक पोस्टर सार्वजनिक

 

चितवन, २३ चैत । चलचित्र पंचायतको फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।रामनवमीको पाबन अबसरमा चलचित्रको फस्ट लुक पोस्टर सार्वजनिक सगै रिलिज मिति पनि तय गरिएको छ ।

चलचित्र आगामी २००७४ फागुन १८ गते बाट प्रदर्शनमा आउने भएको छ ।आगामि मे महिनाको अन्तिममा अमेरिकामा चलचित्रको प्रिमियर गरिने निर्माण पक्षले जनाएको । ५० बर्ष पुरानो कथा बोकेको नेपाली चलचित्र पंचायतमा सरोज खनाल र निता ढुङगानाको मुख्य भूमिका रहेको छ ।चलचित्रमा रुपा राना, गिता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत,बिशाल पहारी, किरण थापा,राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

ग्रामिण कथा र पुरानो संस्कृति झल्काउने चलचित्र पंचायतको लेखन तथा निर्देशन शिवम अधिकारीले गरेका हुन् । गणेश गिरिको प्रस्तुति रहेको यस चलचित्रलाई सुशान्त श्रेष्ठ र शंकर सुवेदिले निर्माण गरेका हुन् ।सञ्चारकर्मी रबि अधिकारी चलचित्रका कार्यकारी निर्माता रहेका छन। चलचित्रमा टंक बुढाथोकि संगीत ,रामेश्वर कार्कीको छायांकन तथा बिपिन मल्ल सम्पादन रहेको छ ।चलचित्रको टीजर बैशाख १ गते रिलिज गरिने छ ।

चलचित्रलाई अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरुमा सहभागी गराउने तयारी समेत गरिएको छ ।नेपालमा समेत चलचित्र विभिन्न संघ सस्थाको सयोगार्थ चलचित्रको च्यारिटी गरिने भएको छ ।