एक्सपर्ट एजुकेशनको सेमिनारमा विद्यार्थीको लहर

चितवन, २३ चैत । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसले अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गर्दै आज फ्रि सेमिनार आयोजना गरेको छ ।

उच्च शिक्षाका लागि अष्ट्रेलियाका विभिन्न यूनिर्भसिटीबारे जानकारी लिन चाहने विद्यार्थीलाई लक्षित गर्दै सेमिनार आयोजना गरीएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिस चितवनका प्रमुख डिल्लिराम अधिकारीले जानकारी दिए ।सेमिनारमा अष्ट्रेलियाका ६ वटा यूनिर्भसिटीका प्रतिनिधिको प्रत्यक्ष सहभागितामा विद्यार्थीलाई परामर्श प्रदान गरीएको छ ।

अधिंकाश नेपाली विद्यार्थीको पहिलो रोजाइमा परेको अष्ट्रेलिया जानका लागि आवश्यक प्रावधानसंगै कुन कुन विषय अध्ययनका लागि कसरी जान सकिन्छ भन्नेबारे परामर्श दिइएको अधिकारीले बताए ।

सेमिनारमा दुई सय ५० भन्दा बढी विद्यार्थी सहभागि रहेका थिए ।एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसका प्रत्यक शाखाले आफ्नो वार्षिक कार्यक्रम अन्र्तगत ६ वटा सेमिनार आयोजना गर्ने गरेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिस सिड्नी अफिसका सिइओ सागर अर्यालले बताए ।

चितवन शाखाले यस वर्ष अन्र्तगत यो दोस्रो सेमिनार आयोजना गरेको हो। चितवन शाखाले विगत ४ वर्ष यता अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई सेवा दिंदै आएको प्रमुख अधिकारीले बताए ।