यामाहाको नयाँ वर्ष योजनामा नारायणघाटका १ जनाले जिते ५० हजार

चितवन, २२ चैत । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपाली नयाँ वर्ष २०७४ लाई लक्षित गरी ल्याएको नयाँ ग्राहक योजनामा नारायणघाटका १ जनाले ५० हजार र २ जना ग्राहकले २५/२५ हजार रुपैयाँ पुरस्कार जितेका छन् ।

यामाहाले १५ चैत्रबाट ‘विस काउन्ट’ योजना ल्याएको थियो जसमा सावित्री पौडेलले ५० हजार तथा अन्जु लोप्चन र उदय चन्द्र चौधरीले जनही २५ हजार रुपैयाँ जितेका हुन् । उनीहरु तिनै जनाले नारायणघाटका लागि यामाहाको आधिकारिक विक्रेता नवीन अटो सेन्टरबाट यामाहा मोटरसाइकल र स्कुटर किनेका थिए ।
सावित्री पौडेल र अन्जु लोप्चनले नवीन अटो सेन्टरबाट फेसिनो किनेका थिए भने उदय चन्द्र चौधरीले सोही शोरुमबाट एसजीआरआर किनेका थिए । यामाहाको नयाँ वर्षको योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले तुरुन्तै आठ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म नगद पुरस्कार पाउनेछन् ।

साथै, हरेक साता हुने लक्की ड्रमा ग्राहकले एक लाख रुपैयाँ बम्पर उपहार पाउनेछन् । यो लक्की ड्रको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनको ‘द इभिनिङ सो एट सिक्स’ र यामाहा नेपालको फेसबुक पेजमा हरेक सोमबार हुनेछ ।
नयाँ वर्ष २०७४ को शुभ अवसरमा नवीन अटो सेन्टरले यहि चैत्र २२ गते देखि २५ गते सम्मको लागि Exchange उत्सवको आयोजना गरेको छ । जसमा कुनै पनि ब्रान्डको पुरानो मोटरसाईकल तथा स्कुटर Exchange गर्दा माथि उल्लेखित स्किम सहित Value Addition स्वरुप रु.७०००।– सम्मको पनि थप स्किम रहेको छ ।