जय श्री पुल आज बाट एकतर्फी सञ्चालनमा

हिमा अर्याल
नवलपरासी, चैत्र २२ । पुर्व पश्चिम राजमार्ग अ्रन्तर्गतको नवलपरासीको गैडाकोट नगरपालिका ९ मा रहेको जयश्री पुल आज बाट एक तर्फि रुपमा सञ्चालनमा आएको छ । पश्चिम वाट पुर्व तर्फ जाने सवारी साधनलाई मात्रै नयाँ पुल बाट आवगमन गराइएको छ ।

बैकल्पिक वाटो बेलिव्रिज बनाउदा राजमार्गको सडक विग्रेको र त्यसलाई पुरानै अवस्थामा फर्काउनको लागि थप मर्मत को आवस्यकता परेकाले दुवै तर्फ आज बाट नयाँ पुलमा सवारी सञ्चान गर्न नसकिएको इन्जिनियर खुम भण्डारीले जानकारी दिए ।
पुल भाच्चिएपछि बेलिब्रिज सञ्चालनको लागि राजमार्गको दक्षिण तर्फ बाटो बनाइएको थियो । दुवै तर्फ सवारी सञ्चालन गर्न अझै १ हप्ता लाग्ने इन्जिनिय भण्डारीको भनाई छ । त्यसको लागि आजबाटै काम सुरु भएको छ ।
२ करोड ३५ लाख रुपैयाको ठेक्कामा एड्भेन्चर कन्ट्रक्सन प्रालिले पुलको निर्माण कार्य गरेको हो। यो पुल २०७२ साउन ११ गते भाच्चिएको थियो ।