अझै एक बर्ष लाग्छ सकिन नारायणगढ–मुग्लिङ सडकखण्डको निर्माण

चितवन, चैत २२ । नारायणगढ–मुग्लिङ सडकखण्डको निर्माण कार्य सकिन अझै कम्तिमा एक बर्ष लाग्ने भएको छ । निर्माण कार्यलाई तिब्रता दिइएको भएपनी सडकखण्डको जम्मा ४१ प्रतिशत काम मात्रै सम्पन्न भएको छ ।

जिल्ला विपद ब्यबस्थापन समिती चितवनले मंगलबार भरतपुरमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्ने निर्माण कम्पनीका प्रतिनिधीहरुले यस्तो बताएका हुन् ।

आगामी ७४ साल जेष्ठ १५ गतेभित्र सम्पुर्ण निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएपनी सम्भब नभएको उनीहरुको भनाई छ । कार्यक्रममा बोल्दै नारायणगढ मुग्लिङ सडकखण्डको ३२ किमि दुरी ३ वटा खण्ड बनाएर ३ वटा निर्माण कम्पनीहरुले निर्माण कार्य अघि बढाई रहेका छन् । कार्यक्रममा बोल्दै खण्ड २ का निर्माण कम्पनीका प्रतिनिधी रबिन्द्र श्रेष्ठले यातायात ब्यबस्थापनमा चुनौती भएका कारण काम तिब्र गतिमा अघि बढाउन नसकिएको बताए ।

सडक खण्डमा सम्भाबित क्षेत्रमा ट्राफिक साईनबोर्ड, सोलारबत्ती र कन्भेक्स लेन्सको प्रयोग राख्ने काम अन्तिम चरणमा पुगेको उनको भनाई छ । त्यस्तै उनले सोमबार भएको दुर्घटना अप्रयाशित भएको बताए ।

त्यस्तै अर्का निर्माणकर्मी शिशिर कन्दन्वाले सो सडकखण्डमा निर्माण कार्य चुनौती पुर्ण रहेको बताए । आगामी चैत मसान्त सम्ममा काम समपन्न हुने उनले बताए । त्यस्तै निमाणकर्मी प्रेम जोशीले आंपटाडी देखी दासढुंगा सम्मको निर्माण कार्य करिब पुरा भएको जानकारी दिए । सो ठाउमा करिब ९० प्रतिशत काम सकिएको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै आयोजना प्रमुख चन्द्र नारायण यादबले ठेकेदार कम्पनीहरुलाई आबश्यक उपकरण थप गरेर भएपनी कामलाई तिब्र पार्न आग्रह गरे । कामलाई सम्पुर्ण रुपमा सम्पन्न गर्न आगामी चैत मसान्त सम्म लाग्ने उनको भनाई छ । सडकखण्डमा दुर्घटना न्युनिकरणका लागी कन्भेक्स लेन्स राख्ने काम शुरु गरिएको उनको भनाई छ ।

बर्षातको समय आएकाले निर्माण कार्य प्रभाबित हुन सक्ने तर्फ उनले सचेत गराए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नारायाण प्रसाद भट्टले जोखिम क्षेत्र पहिचानगरी निर्माण कार्यलाई चुस्त दुस्त बनाउन निर्देशन दिए ।

प्रहरीसंगको सहकार्यमा हाई वे चेकिङ कार्यलाई प्रभाबकारी बनाउन उनले सुझाब दिएका छन् । छलफल कार्यक्रममा चितवनका राजनैतिक दलका प्रमुख एंब प्रतिनिधी, सुरक्षा निकायका प्रमुख ,सरकारी कार्यलयका प्रमुख निर्माण कम्पनीका प्रतिनिधी, सञ्चारकर्मी लगाएतको उपस्थिती रहेको थियो ।

यसैबिच छलफल कार्यक्रममा आगलागी एंब अन्य बिपद् जोखिम न्युनिकरणका बिषयमा समेत छलफल भएको थियो । स्थानीय प्रशासनले बिषयगत कार्यालयहरुलाई बिपद् जोखिम न्युनिकरणका लागी तयारी अबस्थामा रहन आग्रह गरेको छ ।