छिट्टै मधेशी मोर्चालाई सहमतिमा आउछन् :बादल

अनिल भट्टराई
चितवन, चैत २२ । नेकपा माओवादी केन्द्रका नेता राम बहादुर थापा बादलले अव छिट्टै मधेशी मोर्चालाई सहमतिमा ल्याएर चुनाव हुने बताउनुभएको छ ।

यसपाली जनता उत्साहित भएकाले नेता कार्यकर्तामा उमगँ छाएको नेता बादलले बताउनुभयो । पुर्व रक्षा मन्त्री समेत रहनुभएका नेता सरकार सहमति जुटाउने कसरतमा लागेको बताउनुभयो ।

जनप्रगतिशिल मञ्च प्रवास तथा लागु औषध मुक्त अभियान नेपालले गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
माओवादी केन्द्रका सगंठन विभाग प्रमुख समेत रहनुभएका नेता बादलले स्थानिय तहको निर्वाचन चार्डको रुपमा आफुले पाएको तर्क गर्नुभयो ।

कार्यक्रमको प्रमुख अतिथि रहनुभएका उहाँले भन्नु भयो, चुनावको मिति नजिकिए सगै उल्लास मय बतावरण छाएको मैले महसुस गरेको छु ।

यो निर्वाचनलाई सबैले सहि प्रयोग गर्नुपर्ने र गर्नुहुनेमा म विश्वस्त छु ।
कार्यक्रममा विश्वभक्त दुलाल आहुतिले निर्वाचनको माहोल बनेकाले यो माहोललाई सदुपयोग गर्न आग्रह गर्नुभयो ।

जुटपानीमा भएको कार्यक्रममा जुटपानी क्षेत्रका शहिद बेपत्ता तथा घाईतेका २ दर्जन परिवारलाई सम्मान समेत गरिएको थियो ।

औपचारिक कार्यक्रम समापन भएपछि अहिले राष्ट्रिय कलाकार प्रमोद खरेल पुष्कर शर्मा लगायतका कलाकारले आफ्नो प्रस्तुति प्रर्दशन गरिका थिए । सोही अवसरमा नेपाल कम्युनिस्ट पार्टी  विप्लव समूहका चितवन जिल्ला सदस्य क.राजन तिमल्सिना,बिद्यार्थी विप्लव समुहका चितवन जिल्ला उपाध्यक्ष क।ईन्द्र घिसिङ, सहिद स्मृति क्यम्पस ईकाई अध्यक्ष कृष्ण चौधरि तथा सचिव प्रेम पौडेललाई नेकपा(माओवादि केन्द्र)का केन्द्रीय कार्यलय सदस्य क।आहुतिले खादा ओडाएर प्रवेश गराउनु भयो ।