भरतपुर अस्पतालमा हाजिरी जवाफ

अनिल ढकाल
चितवन, चैत्र २२ । भरतपुर अस्पतालमा अन्तर नर्सिङ कलेज हाजिर जवाफ प्रतियोगिता गरिएको छ । अस्पतालको ५४ औ वार्षिकोत्सवको अवसरमा हाजिरी जवाफ प्रतियोगिता गरिएको हो ।

अस्पतालका मेसु डा. रुद्र प्रसाद मरासिनीले सहभागिलाई प्रश्न सोधेर कार्यक्रमको सुरुवात गर्नुभएको थियो । प्रतियोगितामा आईओएमटी कलेज प्रथम भएको छ ।

त्यस्तै बालकुमारी कलेज द्धितिय, श्री मेडिकल कलेज तृतीय र पुरानो मेडिकल कलेजले सान्त्वना स्थान हासिल गरेको छ । प्रतियोगितामा चितवनका १० नर्सिङ कलेजको सहभागिता रहेको थियो ।

\प्रतियोगितामा विजयी भएका टिमलाई २५ गते बार्षिकोत्सव समारोहमा पुरस्कार वितरण गरिने छ । वार्षिकोत्सवको अवसरमा गरिएको अतिरिक्त क्रियाकलापले उर्जा प्रदान गर्ने भएकोले सेवा प्रभावकारी हुने अस्पतालका अध्यक्ष राजकुमार राजभण्डारीले बताउनुभयो ।