एकतर्फी रुपमा मुग्लीन नारायणगढ सडक खण्ड सञ्चालनमा (भिडियोसहित)

 

चितवन,चैत २१ । कविलास ६ घुमाउने स्थिित मुग्लीन नारायणगढ सडक खण्डमा गएको खुख्खा पहिरोका कारण अवरुद्ध सडक केहिबरे अगाडीबाट सञ्चालनमा आएको छ ।

 
पहिरोका कारण साढे ७ घण्टा देखि अवरुद्ध सडक कडा मिहिनेत पछि एकतर्फी रुपमा सञ्चालानमा ल्याएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले जानकारी दिए ।

गएको सुख्खा पहिरोमा परी दुई जनाको ज्यान गएको छ । पहिरोको दूर्घटनामा परि मोटरसाईकलमा सवार दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मृत्यु हुनेमा लम्जुङ सुन्दर बजार ३ भोटओडार बस्ने ४५ वर्षीय रेशराजराना रहेका छन् । अर्का एकको पहिचान खुलेको छैन् । बा १० प ४८४४ नम्बरको मोटरसाईकल सवार रेशमराज रानाको घटना स्थलमै मृत्युभएको हो । उनको मोटरसाइकल पछाडी बसेका १५ वर्षका छोरा सन्दीप राना घाइते भएका छन् । उनको भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । यस्तै नां ४ ख ५४१९ नम्बर को ट्याङकरका सह चालकको समेत मृत्युभएको छ । अन्दाजी २८ ÷ २९ वर्षको जस्तो देखिने उनको पूर्ण सनाखत हुन बाँकी छ । उक्त ट्याङकरका चालक पर्सा जिल्ला लछुमनवा १८ वस्ने ३६ वर्षका बनुपटेल समेत घाइते छन् ।
पहिरोले पाँचवटा सवारी साधन पुरिएको छ । पुरिएको सवारी साधन मध्ये दुईवटा सवारी साधनको केही भाग मात्रै देखिएको छ । मालबाहक ट्रक, टाटा मोबाइल, कार र टयाङकर सँगै केही मोटरसाइकलहरु पनि पुरिएको प्रहरीले आशंका गरेको छ । माथीबाट खसेको पहिरोले नारायणगढ – मुग्लीङ सडकखण्ड पूर्ण रुपमा अबरुद्ध बनेको छ । घटनास्थल भरतपुरदेखि २० किलोमिटर काठमाण्डौं तर्फ जानेबाटोमा पर्दछ ।