शुक्लाफाटा लैजाने गैडा यसरी समातियो (फोटोफिचरसहित)

कोमलचन्द्र भगत

चितवन, चैत २१ । नेपालको पहिलो राष्ट्रिय चितवन राष्ट्रिय निकुञ्जबाट पहिलो पटक शुक्लाफाटा वन्यजन्तु आरक्षमा गैडा स्थानान्तरण गरिदैछ । यस अघि बर्दियामा गरिएकोमा दोश्रो चरण शुक्लाफाटामा लागिन लागेको हो ।
आज करिब एक घण्टाको खोजीपछि , प्रकृति संरक्षण कोष सौराहाका प्राविधि तिर्थ लामाले १३ देखि १५ बर्ष भाले बस्यक भाले गैडालाई डाट गरि स्थान्नातरणको काम सुरु गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए ।

विहानैदेखि निकुञ्जको सुखिभार क्षेत्रमा खडा गरिएको क्याम्पको हात्तीसारमा वनदेवीको पूजा गरेर गैँडा नियन्त्रणको काम सुरु गरिएकोे जानकारी दिए । उनले एक भाले डाट भएपनि एक पोथीा डार्ट गर्ने काम जारी रहेकोे जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्जबाट पाँचवटा गैंँडा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गर्न लागिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार निकुञ्जको मुख्य कार्यालय कसराबाट आठ किलोमिटर पश्चिममा रहेको सुखिभारमा क्याम्प खडा गरि गैंडा नियन्त्रणको काम अघि बढेको बताए ।
गैँडा समाउन प्रयोग गरिने ३० वटा हात्ती, ३० जना माउते, ३० जना पछुवा र निकुञ्जका १० कर्मचारी सुखिभार क्षेत्रमा खटिएका छन् । कर्मचारीले गैँडाको वासस्थानको खोजी गरी डार्टका लागि उपयुक्त ठाउँको पहिचान गर्दै छन् ।
गैँडा स्थानान्तरणका लागि हात्तीका माउते, पछुवा, निकुञ्जका कर्मचारी, नेपाली सेना, दातृ संस्था, प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष, जुलोजिकल सोसाइटी लगायतका प्रतिनिधि गरी करिब एक सय ३० जना परिचालन भएका प्रमुख संरक्षण अधिकृत कँडेलले बताए ।
चितवनको गैँडा शुक्लाफाँटा लैजाने र त्यहाँको बाह्सिङ्गे यहाँ ल्याउने तयारी गरिएको छ । यसअघि सन् २००० मा चारवटा गैँडा चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा लगिएको थियो ।
चितवनबाट लगिएपछि शुक्लाफाँटामा गैँडाको सङ्ख्या १४ पुग्नेछ । शुक्लाफाँटामा गैँडाको लागि चाहिने बासस्थान राम्रो रहेकाले स्थानान्तरण गर्न लागिएको निकुञ्जले जनाएको छ । सरकारले शुक्लाफाँटामा पाँच र बर्दिया राष्ट्रिय निकुञ्जमा २५ गरी ३० वटा गैँडा चितवनबाट स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।
यही निर्णयअनुरुप गतवर्षको फागुन १८ गते चितवनबाट बर्दिया राष्ट्रिय निकुञ्जमा पाँचवटा गैँडा लगिएको थियो । छिटै चिनमा पनि गैडा लगिदै छ ।