क्रान्तिकारीमा शोभाको नेतृत्व

चितवन, १८ चैत । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ (क्रन्तिकारी) को शुक्रबार सम्पन्न भरतपुर महानगरपालिका २ नम्बर वडाको अध्यक्षमा शोभा बराली निविरोध निर्वाचित भएकी छन् । भरतपुर २ पार्टी कार्यालय परिसरमा सम्पन्न उक्त भेलाले रचना लामिछानेलाई उपाध्यक्षमा प्रतिमा चापागाईलाई सचिवमा, सीता सापकोटालाई कोषाध्यक्षमा र गायत्री देवकोटा लाई सहसचिव सहित १७ सदस्यीय समिति निविरोध निर्वाचित गरेको हो ।
क्रान्तिकारीकी जिल्ला अध्यक्ष संगीता भट्टराई प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा माओवादी केन्द्रका वडा इन्चार्ज खिमलाल भण्डारी, वडा संयोजक मुकुन्द पौडेल, शान्ता अधिकारी, गीता गोले, गीता निरौलालगायतले बोलेका थिए ।
कार्यक्रम सरस्वती पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।