महिला संघ (क्रान्तीकारी) मा विमला

चितवन, १८ चैत । नेकपा(माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ (क्रान्तीकारी) को रत्ननगर १५ को वार्ड भेला आज सम्पन्न भयो ।  पार्टी जिल्ला सह ईन्चार्ज कञ्चन खनालको प्रमुख आथित्यतामा भएको भेलाले विमला ढकालको संयोजकत्वमा २५ सदस्यीय वार्ड कमिटी गठन गर्यो । ३०० भन्दा वढी महिला सहभागी भएको उक्त कार्यक्रममा संगिता भट्टराई,ओम लामीछाने, कल्पना घिमिरे चञ्चला घिमीरे लगाएताकाले वोल्नु भएको थियो ।