वाईसियल माडाीमा माधब पौडेलको नेतृत्व

 

चितवन, १८ चैत । वाईसियल नेपाल माडी नगरपालिकाको नगर सम्मेलन आज माडी बसन्तपुरमा सम्पन्न भयो । नगर ईन्चार्ज तथा केन्द्रिय सदस्य सन्तोष पनेरुको अध्यक्षतामा सम्पन्न सम्मेलनको प्रमुख अतिथि माओबादी केन्द्रका पोलिटब्युरो सदस्य ठाकुर ढकाल हुनुहुन्थ्यो ।
कार्यक्रममा वाईसियल् ३ नं प्रदेश सह ईन्चार्ज ईश्वर सापकोटा सुमन,माओबादी केन्द्रका नगर ईन्चार्ज प्रभु महत्तो, सह ईन्चाज डण्डपानि पौडेल,बासु सापकोटा, नेत्र आले,संयोजक ऋषि काफ्ले,वाईसियल् जिल्ला सह ईन्चार्ज उत्तम गुरुङ,जिल्ला संयोजक मोधराज न्यौपाने,सह संयोजक साजन अधिकारी लगायतको उपस्थिति रहेको थियो । सम्मेलनले माधब पौडेल मिलनको अध्यक्षतामा ३५ सदस्यिय नगर समिति निर्वाचित गरेको छ ।