ज्योतिमा गभिर्दै राप्तीभेरी

चितवन, १७ चैत । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कार्यरत ज्योति विकास बैंकले दाङ, बांके र बर्दिया जिल्लामा कायक्षेत्र रहेको राप्तीभेरी विकास बैंकलाई प्राप्ती गर्ने भएको छ ।

ज्योति विकास बैंकको केन्द्रिय कार्यालय कमलादीमा चैत १५ गते ज्योति विकास बैंकका तर्फबाट संचालक समितिका अध्यक्ष हरी चन्द्र खड्का तथा राप्तीभेरी विकास बैंकका तर्फबाट संचालक समितिका अध्यक्ष प्रेम बहादुर भण्डारीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
ज्योति विकास बैंकको हालको चुक्ता पुंजी रु. १ अर्ब १० करोड ४३ लाख रहेको र १ः१ को हकप्रद शेयर जारी प्रक्रियामा रहेको छ ।

त्यस्तै राप्तीभेरी विकास बैंकको चुक्तापुंजी रु १४ कराड ३७ लाख रहेको छ भने यस बर्षको मुनाफाबाट बोनस शेयर जारी गर्ने प्रक्रियामा छ । यसरी प्राप्ती पछि ज्योति विकास बैंकको कुल चुक्ता पुंजी २ अर्ब ३५ करोड पुग्नेछ भने चालु आर्थिक बर्ष २०७३/२०७४ को मुनाफाबाट वितरण हुने बोनस शेयस पछि ज्योति विकास बैंकको चुक्ता पुंजी रु २ अर्ब ५० करोड नाघ्ने छ ।

साथै राप्तीभेरी विकास बैकको प्राप्तीपछि ज्योति विकास बैंकको कुल निक्षेप रकम रु १० अर्ब, कर्जा रकम रु ९ अर्ब नाघ्ने छ साथै शाखा संजाल ३४ पुग्नेछ । ज्योति विकास बैंकले यस अघि झिमु्रक विकास बैंकसंग मर्जर पक्रिया सम्पन्न गरी एकिकृत रुपमा कार्य संचालन गरी सकेको छ ।