चितवनको बजारमा सार्वजनिक भो हुण्डाई ग्राण्ड आई १०को फेसलिफ्ट भर्सन (भिडियोसहित)

शिव आचार्य

चितवन, १७ चैत । चितवनमा हुण्डाईको नयाँ मोडल हुण्डाई ग्राण्ड आई १०को फेसलिफ्ट भर्सन सार्वजनिक गरिएको छ ।

चितवनको लागि हुण्डाइ गाडीको एक मात्र अधिकृत विक्रेता पिनाकल ट्रेडिङ्ग कन्सर्न प्रा.ली. ले, भरतपुर स्थित सोरुम बाट एक समारोहका बिच हुण्डाई ग्राण्ड आई १०को फेसलिफ्ट भर्सन सार्वजनिक गरेको हो ।

काठमाडौंमा यो नयाँ मोडल सार्वजनिक भएसगै चितवनका ग्राहवर्गहरुको चाहानलाई मध्यनजर गर्दै सो मोडल चितवनमा सार्वजनिक गरेको पिनाकल ट्रेडिङ्ग कन्सर्न प्रा.ली. का प्रवन्ध निर्देशक श्री इश्वर कुमार श्रेष्ठले जानकारी दिए । डिजाइन, क्याबिनमा परिवर्तन, इन्टेरियर, यो गाडी नयां विशेषता हुन् ।
नयाँ ग्राण्ड आई १०मा पेट्रोल भर्सनमा १.२ लिटरको पेट्रोल इञ्जिन छ । यसको पावर ८३ पीएस छ । यसमा ५ स्पीड मेनुअल र अटोमेटिक ट्रान्समिसनको विकल्प राखिएको छ ।

डिजेल भर्सनमा भने ठूलो परिवर्तन नै गरिएको छ । यसमा पहिलको १.१ लिटरको इञ्जिन हटाएर १.२ लिटरको इञ्जिन दिइएको छ । यसले ७५ पीएस पावर र १९० एनएमको टर्क दिन्छ ।

नयाँ ग्राण्ड आई १०को पेट्रोल मेनुअलमा १९.७७ किलोमिटर र पेट्रोल अटोमा १७.४९ प्रतिलिटरको माइलेज दिन्छ । डिजेल भर्सनमा २४.५४ प्रतिलिटरको माइलेज दिनेछ ।

सो समारोहमा बोल्दै पिनाकल ट्रेडिङ्ग कन्सर्न प्रा.ली. का प्रवन्ध निर्देशक श्री इश्वर कुमार श्रेष्ठले भने “सुरुवात देखि नै ग्राण्ड आई १० आफनो वर्गको एक उत्कृष्ट उत्पादन रही आएको र धेरै भन्दा धेरै ग्राहक वर्गको मन जित्न सफल भएकाले आगामी दिनहरुमा पनि नयाँ ग्राण्ड आई १०ले सोहि किसिमको भन्दा झन बढी अनुभव र सुविधा प्रदान गर्ने मा विश्वस्त छौँ ”।

चितवनमा सार्वजनिक गरेको दुई नयां मोडलमा ग्राण्ड मेगाको २६ लाख ९६ हजार र आस्थाको ३२ लाख ५६ हजार रुपैया रहेको उनले बताए । सो ही अवसरमा उनले पछिल्लो समयमा चितवनमा वैकिङ्ग कारण गाडी बिक्रिमा गिरावट आएको बताए । २०६६ सालमा स्थापना भएको कन्र्सनले हालसम्म २ हजार बढी गाडी बिक्रि गरेको जनाएको छ ।