फोनिजद्धारा अग्रज पत्रकार जोशीलाई नगदसहित सम्मान

 

चितवन, चैत १४ । फोनिज चितवनका सल्लाहकार इश्वर जोशी सम्मानित भएका छन् । चितवनका अग्रज पत्रकार जोशीलाई
फोनिज चितवनको तेस्रो जिल्ला अधिवेशनको अवसरमा पाँच हजार रुपैयाँसहित सम्मानित गरेको हो । फोनिजले पत्रकारिता मार्फत आदिवासी जनजाति समुदायको उत्थानमा अग्रणी भुमिका खेलेको भन्दै सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि फोनिज केन्द्रीय संगठन सचिव मनोज घर्ती मगरले पत्रकार जोशीलाई सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरेका थिए ।
सम्मान पछि बोल्दै पत्रकार जोशीले सम्मानले आफूलाई थप जिम्मेवार बताउदै आगामि दिनमा पनि पत्रकारिता मार्फत आदिवासी जनजाति समुदायसंगै हरेक समुदायको उत्थानको सहयोग गरिरहने बताए । पत्रकार जोशी लामो समयदेखि नेपाल टेलिभिजन र बिबिसि नेपाली सेवामा कार्यरत छन् ।