पुर्बी चितवनको खोलेसिमलमा ६८ जनाले गरे रक्तदान

रत्ननगर चैत १४, पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ खोलेसिमलमा रक्तदान कार्यक्रम गरिएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा खोलेसिमलको आयोजनामा भएको रक्तदानमा ६८ जनाले रक्तदान गरेका थिए ।
जिल्लामा रगतको अभाव भएको थाहापाई सो रक्तदान गरिएको संस्थाका निवर्तमान सभापति गणेश शर्मा पौडेलले जानकारी दिए ।  स्थाका सभापति लिलाबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सभापति रत्न प्रसाद सापकोटा प्रमुखअतिथि रहेका थिए ।
सो कार्यक्रममा कार्यक्रम संयोजक राजन रेग्मी, संस्थाका सचिवभीम प्रसाद खनाल, निवर्तमान सभापतिगणेश शर्मा पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।