एक्सपर्टको चैत २३ मा फेरि निशुल्क अष्ट्रेलियन सेमिनार

 

चितवन, १४ चैत । नेपालबाट अष्ट्रेलिया अध्ययनमा जाने विद्यार्थीलाई परामर्श दिँदै आएका एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भीस्ले गर्ने भएको छ ।

आगामी चैत २३ गते होटल गार्डेन रिर्सोटमा अष्ट्रेलियामा अध्ययन सम्बन्धी सम्पूर्ण जानकारी तथा परामर्श निःशुल्क दिइने एक्सपर्ट एजुकेसनका नारायणगढ शाखा प्रमुख डिल्लीराम अधिकारीले जानकारी दिए ।

सेमिनारमा अष्ट्रेलियमा पढ्न जान चाहाने विद्यार्थीका लागि निकै उपयोगी र सहयोगी हुने विश्वास आयोजकले गरेको छ ।

पछिल्लो समय समग्र विश्व नै एउटा गाउँको रुपमा परिवर्तन भइरहेको सन्दर्भमा नेपाली विद्यार्थी पनि विश्वका करिब ८० मुलुकमा अध्ययनका लागि जाने गरेका छन् ।
ति मुलुकहरुमध्ये अष्ट्रेलिया उत्कृष्ट गन्तव्यको रुपमा विकास भइरहेको छ ।

यसैलाई मध्यनजर गर्दै वानअप सेमिनार गरेको उनले बताए ।
सेमिनारमा अष्ट्रेलिया अध्ययनसँग सम्बन्धित विषयवस्तुहरुको बारेमा विद्यार्थीलाई सम्पूर्ण जानकारी एक्सपर्टका सिईओ सञ्जिव शर्मा र निर्देशक सागर अर्यालले दिने कार्यक्रम रहेको छ ।

विशेषगरी अष्ट्रेलियन शिक्षा नीति, भिसा प्रक्रिया, छात्रवृत्ति, विद्यार्थीको स्वास्थ्य बिमा लगायतका विषयमा निःशुल्क परामर्श दिइनेछ ।  प्रवेशको पनि निःशुल्क व्यवस्था गरिएको छ ।