भरतपुरका हरेक वडा क्रियाशिल हुनेछ : नव नियुक्त कार्यकारी अधिकृत प्रेमराज जोशी

चितवन, चैत १३ । भरतपुर महानगरपालिकाका नव नियुक्त कार्यकारी अधिकृत प्रेमराज जोशीले स्थानिय तहको निर्वाचनलाइ मध्येनजर गर्दै हरेक वडालाइ क्रियाशिल बनाइने वताएका छन् । नेपाल सरकारका राज पत्राकिंत प्रथम श्रेणीका सह सचिव जोशि आइतबार भरतपुर महानगरपालिकाको कार्यकारी अधिकृतको पदमा सरुवा भई आएका हुन् ।

भरतपुर महागरपालिकाले आइतबार गरेको स्वागत कार्यक्रममा बोल्दै नवनियुक्त अधिकृत जोशिले फोहोर व्यवस्थापनलाइ प्राथमिकता दिने वताएका छन् । काठमाडांै महानगरको हालको अवस्थाबाट ज्ञान लिंदै भरतपुर महानगरमा दिगो विकास निर्माणका लागि कम्तिमा १० मिटर चौडा बाटो बनाउनुपर्ने रणनिति लिइने उनको भनाइ छ ।

त्यस्तै फोहोर व्यवस्थापनका लागि हाल रोकिइ राखेको ल्याण्ड फिल्ड साइटको विषयलाइ तिव्रता दिने उनले वताए । नक्सा पास गर्ने सन्दर्भमा धेरै समस्या रहेको भन्दै समाधानका लागि साउन १ गतेदेखि अनलाइन प्रणालि (मास प्रणालि) लाइ प्रयोगमा ल्याइने उनले जानकारी दिए । नवनियुक्त कार्यकारी अधिकृत जोशि यस अघि पनि साविकको भरतपुर नगरपालिका हुंदा २०६४ साल साउन १३ गते नगरको कार्यकारि अधिकृतमा नियुक्त भइ २०६५ साल मंसिर १२ गते सरुवा भएर केन्द्रमा गएका थिए ।

साविकको नगरपालिकाको भुगोलको आधारमा ५ गुणा बृद्धि भई अहिले भरतपुर महानगरपालिका कायम गरिएको छ । जोशिले यसअघि काठमाडांै जिल्लाको स्थानिय विकास अधिकारीको रुपमा २६ महिना काम गरि सकेका छन् । प्रकृया पुरा गरेका सेवाग्राहिलाइ १ मिनेट पनि ढिला नगरि सेवा प्रदान गर्न कर्मचारीहरुलाइ आग्रह गर्दै जोशिले निर्वाचन पछि आउने महानगरको मेयरलाइ सदस्य सचिवको हैसियतले विकास निर्माणका कार्यमा सहयोग गर्ने वताए ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका भरतपुर महानगर प्रतिनिधि कृष्ण प्रसाद अधिकारीले पर्यटन विकासका लागि नदि व्यवस्थापनमा ध्या दिन आग्रह गरे । एमाले सहित विभिन्न राजनितिक दलका महानगर प्रतिनिधिहरुले भरतपुरमा फोहोरमैला व्यवस्थापन लगायतका हरेक विकास निर्माणका कार्यमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । महानगर पछिको यहांको अवस्था बारे अध्ययन गर्न बांकी रहेको भन्दै जोशिले सरोकारवाला निकायका प्रतिनिधिहरुको समन्वयमा अघि बढ्ने वताए ।