बाल बच्चा छोडेर बिदेशीने नेपालीहरुको पिडा एक पटक हेरौ के–के छन त बाध्यता (भिडियो सहित)

चितवन– सानी छोरो जसलाई भिडियोमा अभिनय गर्ने भनेको के हो समेत थाहा छैन । सानै उमेरमा आमाले छोडेर गए पछि बालबच्चाहरु तेसै पनि निराश हुन्छन त्यस माथी विदेशबाट आमाको बोली सुन्दा त झन रुन थाल्छन ।
पछिल्लो समय निकै चर्चीत बनिरहेको गीत पैसा भित्रका केहि कलाकार काल्पनीक होलान तर केहि कलाकर र विषय बस्तु भने धेरै नेपालीको आफ्नो बेदना र पिडा सँग मेल खाने छन । यस्तै पिडा र भोगाई समेटेर सर्जक जानकी कँडेलले आफ्नो सिर्जना स्रोता तथा दर्शक माझ ल्याएकी छन । कलिला बाल बच्चालाई चट्क छोडेर विदेशीनु पर्दाको पिडा कति हुन्छ त्यो केवल एक आमालाई मात्र थाहा हुन्छ त्यहि भएर आफ्नो सबै पिडा जस्ताको तस्तै गीतमा उतारेकी छन बागलुङकी सर्जक जानकी कँडेलले । कँडेल अहिले जापानमा छिन उनको परिवार बसाईसरी चितवन बस्दै आएका छन । जानकी आफ्नी सानी छोडी छोडेर हाल जापानमा छन उनले आफ्नो यहि बास्तविकतालाई सर्जक दिपक कँडेलको सहयोगमा गीतमा मार्फत व्यक्त गरेकी छन ।Displaying Krishna.jpg
जापानमै रहेका सर्जक दिपक कँडेल र जानकी कँडेलको शव्द सिर्जना रहेको सो गीत सार्वजनिक भएको छोटो समयमै सबैको मन छुन सफल भएको छ । गीतको लय सिर्जना पछिल्लो समय निकै चर्चा कमाउन सफल सर्जक तथा गायक प्रेम सापकोटा सोनु ले गरेका छन भने गीतमा सोनु र जुना श्रीसको आवाज रहेको छ ।
हमाल म्युजिकले बजार व्यवस्थापन गरको गीतमा सञ्चारकर्मी तथा सर्जक कृष्ण आचार्य र रिचा थापाको अभिनय रहेको छ ।
गीतको म्युजिक भिडियोमा जानकी कँडेलकी छोरी र आमा बुवालाई पनि देख्न सकिन्छ । गीत छायाङकनको क्रममा छोरीले आमालाई सम्झेर रोएको निर्देशक प्रेम थापाले हामीलाई जानकारी दिन भयो ।
हमाल म्युजिकका सञ्चालक सञ्जन हमालले पनि गीत सार्बजनिक भए पछि सबै क्षेत्रबाट गीतको राम्रो प्रतिक्रिया आएको बताउनु भयो ।
गीतको म्युजिक भिडियो हेर्नुहोस ।