भरतपुर माओवादी केन्द्रको वडा न. २ कार्यालय स्थापना

चितवन, १२ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रं)ले आगामी चुनावलाई केन्द्रित गरि भरतपुर महानगरपालिका वडा नम्बर २ मा पार्टी कार्यालय स्थापना गरेको छ । कार्यालयको शनिबार एक कार्यक्रम विच माओवादी केन्द्रका स्थायी समिति सदस्य सूर्य सुवेदी पथिकले उद्घाटन गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका स्थायी समिति सदस्य पथिकले आगामी माघ ७ भित्र तीन वटै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बताउँदै यो माओवादी आन्दोलनको उपज भएको दाबी गरे । उनले चुनावमा हार जीत भन्दा पनि त्यसले स्थपित गर्न खोजेको मान्यता महत्वपूर्ण भएको हुँदा यसलाई प्रतिष्ठाको विषय बनाउनु पर्ने बताए ।

२००७ साल देखिका आन्दोलनको बारेमा बोल्दै उनले नेपाली काँग्रेस, नेकपा एमालेले पनि आन्दोलन गरेको र हतियार उठाएको प्रसंग उठाउँदै वर्तमान उपलब्धीमा उहाँहरुको कत्ति पनि योगदान छैन मिल्दैन भने । तर, पछिल्लो समय भएका परिवर्तन माओवादी आन्दोनलमा लाग्नेहरुको त्याग र बलिदानी सबै भन्दा महत्वपूर्ण रहेको दाबी उनको थियो ।
माओवादी केन्द्र वडा नम्बर २ का इन्चार्ज खिमलाल भण्डारीको अध्यक्षमा सम्पन्न उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र भरतपुर महानगरपालिका स्तरीय समितिका संयोजक ईश्वर सापकोटा सुमन, वाईसीएल चितवनका अध्यक्ष मधु न्यौपाने, यज्ञ घिमिरे, अनक मगर, शोभा बरालीलगायतले बोलेका थिए ।

वडानम्बर २ वाईसिएल अध्यक्षमा अमर
भरतपुर : नेकपा (माओवादी) केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) भरतपुर महानगरपालिका २ वडा स्तरीय कमिटीको अध्यक्षमा अमर तामाङ्ग सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् ।
शनिबार आयोजना गरिएको भेलाले अध्यक्ष तामाङ्गको नेतृत्वमा कृष्ण पाण्डे उपाध्यक्ष, रोशन सापकोटा सचिव, नविन तामाङ्ग कोषाध्यक्ष र सुजन चापागाई सहसचिव रहने गरि २९ सदस्यीय वडा कमिटी निर्वाचित गरेको हो ।
माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य एवं चितवन, मकवानपुर इन्चार्ज सूर्य सुवेदी पथिक प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा वाईसीएल केन्द्रीय ईश्वर सापकोटा सुमनको विशेष उपस्थितिमा सम्पन्न भएको हो ।