उवासंघ रत्त्नगरद्धारा ढकाल र भट्टलाई स्वागत सम्मान

चितवन, १२ चैत । पूर्वी चितवनको रत्ननगर उद्योग वाणिज्य संघले रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत अमरनाथ ढकाल र संयुक्त राष्ट्र संघ कर्मचारी राहत समितिका उपाध्यक्ष डा. मोह प्रसाद भट्टलाई एक साथ स्वागत गरेको छ । जिल्ला तथा नगरपालिका भित्र आउने नयँ“ कार्यालय प्रमुखहरुलाई स्वागत गर्ने परम्परा अनुसार संघद्वारा नवआगन्तुक कार्यकारी अधिकृत र यसै नगरका स्थानिय व्यक्तित्व संयुक्त राष्ट्र संघ सचिवालय कर्मचारीलाई स्वागत तथा सम्मान गरेको हो ।
संघका अध्यक्ष ज्ञानबहादुर विसुरालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगरपालिका र संघको सहकार्य निरन्तर रुपमा रहनुपर्ने विचार व्यक्त गर्नुभएको थियो । साथै स्थानिय स्तरको व्यवसायिक गतिविधिको बारेमा प्रष्ट पार्नुभएको थियो र संघको थप उर्जाका लागि नगरपालिकासंग समन्वय र सहकार्य आवश्यक रहेको बताउ“दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । सो क्रममा रत्ननगर उद्योग वाणिज्य संघले सामाजिक उत्तरदायित्व बहन गर्दै गत २०७२ बैशाख १२ गतेको विनाशकारी भुकम्पको कारण चितवन जिल्लाको काउले गा.वि.सका भुकम्प प्रभावित विद्यार्थीहरुको लागि कालिका नगरपालिका स्थित जुटपानीमा विद्यालय भवन निर्माण तथा गामवेसी चेपाङ संरक्षण केन्द्रमा रेहेका चेपाङ विद्यार्थीका लागि कम्प्युटर तथा ई–लाईव्रेरी स्थापनार्थ भवन निर्माण कार्य संयुक्त राष्ट्र संघ कर्मचारी राहत समितिको विशेष सहयोगमा कार्य सम्पन्न भएको जानकारी दिंदै उक्त सहयोगको मुक्तकण्ठले प्रंशसा गर्नुभएको थियो ।
सो अवसरमा संघका पूर्व अध्यक्ष गोपाल कर्माचार्यले संघको गतिविधि सहित नगरपालिका र संघ विचको सम्बन्धमा प्रकाश पार्दै मन्तव्य व्यक्त गर्नुभएको थियो । स्वागत कार्यक्रममा नवआगन्तुक कार्यकारी अधिकृत अमरनाथ ढकाले संघद्वारा गरेका गतिविधिहरुको प्रशंसायोग्य रहेको बताउ“दै रत्ननगर उद्योग वाणिज्य संघले नगरपालिकाको सहकार्यमा संचालन भईरहेकोे सि.एफ.एल.जि कार्यक्रम मात्र अपुग रहेको धारणा व्यक्त गर्दै आगामी दिनहरुमा लघु उद्यम, व्यवसाय प्रवद्र्धन जस्ता कार्यक्रमहरु पनि सहकार्य गरि संचालन गर्नुपर्ने बताउनुभएको थियो । संघले निजी क्षेत्रको प्रतिनिधित्व संस्थाको रुपमा मात्र नभई नेतृत्वदायी संस्थाको रुपमा अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुका साथै नियमक निकायस“ग व्यवसायीको हितका लागि सहजीकरण गर्ने प्रतिबद्धता गर्नुभएको थियो र नगरको बिकासमा सबैको हातेमालो जरुरी रहेको औंल्याउनु भएको थियो ।
यसै गरि संयुक्त राष्ट्र संघ कर्मचारी राहत समितिका उपाध्यक्ष डा. मोह प्रसाद भट्टले संघसंग सहकार्यमा काउले गा.वि.स.का भुकम्प पिडित विद्यार्थीहरुको लागि विद्यालय भवन निर्माण गर्न पाउ“दा हर्षित रहेको बताउ“दै विशेष गरि उक्त विद्यालयमा ७५ प्रतिशत भन्दा बढि सिमान्तकृत जाती रहेका तथा लैंगिक समानता समेत रहेको जानकारी दिनुभएको थियो । साथै आगामी दिनहरुमा पनि क्षमताको आधारमा रत्ननगर उद्योग वाणिज्य संघसंग सहकार्य गरिनु साथै निरन्तर सहयोगको लागि प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । सोही अवसरमा संघद्वारा संयुक्त राष्ट्र संघ कर्माचारी राहत समिति र समितिका उपाध्यक्ष डा. मोह प्रसाद भट्टलाई विशेष सहयोगको उच्च मूल्याङक तथा कदर गर्दै सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।
संघका पूर्व अध्यक्ष, सल्लाहकार, पदाधिकारी, कार्यसमिति सदस्यहरुको उपस्थिती रहेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले नवआगन्तुक कार्यकारी अधिकृतद्वारा राख्नुभएको सोच र कार्ययोजनालाई संघले साथ दिने प्रतिवद्धता व्यक्त गर्नु हु“दै आफ्नो कार्यकौशलताको प्रत्यक्ष महसुस एंव लाभ नगरवासीहरुले लिन पाउनुका साथै विकास कार्य अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको थियो । साथै संयुक्त राष्ट्र संघ कर्माचारी राहत समिति र समितिका उपाध्यक्ष डा. मोह प्रसाद भट्टले समन्वकारी भूमिका निर्वाह गर्दै भुकम्प पिडित विद्यार्थीको लागि विद्यालय भवन निर्माण कार्र्य सम्पन्न गर्न प्रेरित एंव विशेष सहयोग गर्नुभएकोमा हार्दिक आभार सहित आगमाी दिनहरुमा यस किसिमको सहयोगको निरन्तर अपेक्षा राख्दै धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।