नेपाल विद्यार्थी संघ विरेन्द्र बहुमुखि क्याम्पसले चैत्र १६ गते खुल्ला रक्तदान कार्यक्रम गर्ने

चितवन चैत १० । नेपाल विद्यार्थी संघ विरेन्द्र बहुमुखि क्याम्पस भरतपुरले नेपाली काँग्रेस चितवनका पूर्व सचिव स्व. सुनिल श्रेष्ठको स्मृतिमा यहि चैत्र १६ गते खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ ।
ईकाईले  क्याम्पसमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम गर्न लागेको जानकारी दिएको हो ।
विरेन्द्र क्याम्पसका पूर्व स्ववियू सभापति समेत रहनु भएका श्रेष्ठको स्मृतिमा नेविसंघ ईकाईले हरेक चार चार महिनामा रक्तदान गर्ने ईकाईका सभापति अनमोल अधिकारीले जानकारी दिनु भयो । जिल्लामा देखिएको रगत अभावलाई पूर्ति गर्नका लागि यस कार्यक्रमले सहयोग पुग्ने अपेक्षा राखिएको छ । काँग्रेस चितवनको सहकार्यमा गर्न लागिएको सो रक्तदान कार्यक्रममा एक पटकमा सय भन्दा वढि पाउन्ट रगत संकलन हुने अपेक्षा राखिएको छ ।
सो अवसरमा वोल्दै नेविसंघ जिल्ला सभापति सुर्य ढकालले रचनात्मक कार्यबाट संगठनलाई अगाडि वढाउन सके संगठन जिवन्त हुने वताउनु भयो ।