चितवनमा पनि सुरु ग्रयो सिम्रिक एयरलाईन्सले आफ्नो उडान

चितवन, ०९ चैत । चितवनमा पहिलो पटक सिम्रिक एयरलाईन्स पनि आफ्नो उडान सुरु गरेको छ । हवाई यात्रामा जाने ग्राहकवर्गहरुको चाहानालाई मध्येनजर गर्दै चितवनमा दैनिक एक उडान गर्ने गरि बुधबारदेखि औपचारिक उडान सुरु गरेको सिम्रिकका े बजार निर्देशक डिबि रानाले जानकारी गराए ।
बिहान १० ः १० बजे काठमाडौंबाट पहिलो उडान भरि चितवनमा आएको थियो । चितवनमा बुद्ध एयर र यति एयरलाईन्सले उडान भर्दै आएको थिए । पछिल्लो पटक नारायणगढ–मुग्लिन सडक खण्डको समस्याले गर्दा हवाई उडान गर्नेको संख्यामा झण्डै ५० प्रतिशतले वृद्धि भएको भरतपुर विमानस्ल जनाएको छ । सिम्रिकको उडान चितवनमा आएसगै टिकट नपाउने समस्या हड्ने यात्रुहरुको भनाईछ ।
चितवनमा अहिले मासिक १६ हजार यात्रु हवाइ मार्ग प्रयोग गरिरहेका भरतपुर विमानस्थलका कार्यालय प्रमुख शिव उपाध्यायले बताए ।
भरतपुर विमानस्थलबाट अहिले दैनिकरूपमा सातवटा तालिका छ । जसमा तीन वटा यति एयरलाइन्स र चार बुद्ध एयरलाइन्सका उडान रहेका छन् ।
यसअघि मैद्यौलीमा रहेको विमानस्थल चलाए पनि त्याहा मात्रै चाटर उडान हुने उनले बताए ।