सुकुम्बासी संघ रत्ननगरमा फुलमान

चितवन, ०९ चैत । अखिल नेपाल सुकुम्बासी सघ रत्ननगर नगर कमिटीको अध्यक्षमा फुलमान तमाङ्ग सर्वसहमत चयन भएका छन् । नेकपा माओवादि केन्द्र निकट रहेको संघको नगर सम्मेलनले फुलमानको अधयक्षतामा १५ सदस्ययी नयां कार्य समिति चयन गरेको हो ।
जसको उपाध्यक्षहरुमा रञ्जु महतो र जितवहादु थिङ्ग, सचिवमा रवि भट्ट, सह सचिवमा उषा तमाङ्ग र कोषाध्यक्षमा खेम घर्ती मगर रहेका छन् । फुलमान तमाङ्गको अध्यक्षतामा सम्पन्न सम्मेलनमा नेकपा माओवादि केन्द्र का पोलिटब्युरो सदस्य तथा जिल्ला ईन्चार्ज ईश्वरी भट्टराई प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा जिल्ला सह ईन्जार्ज कञ्चन खनाल, जिल्ला सदस्य सगिता भट्टराई, रत्ननगर नगर कमिटिका संयोजक राजु अम्गाई (सुवोध) लगायतले  शुभकामना मन्तव्य राखेका थिए ।