कुखुरा बोकेको गाडी त्रिशुली नदीमा खस्दा चालकको मुत्यु

हिरालाल गुरुङ्ग
चितवन, चैत ९ । चितवनको चुम्लिङटारमा कुखुरा बोकेको बलेरो जिप दुर्घटना हुदाँ चालकको मुत्यु भएको छ ।
चितवनको इच्छाकामना गाउँपालीका अन्तरगत वडा ३ चुम्लिङटार स्थित सडकबाट त्रिशुली नदी किनारमा खसेर दुर्घटना हुदाँ चालक धादिङ सिम्लेका २१ बर्षिय किरण तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । दमौलीबाट कुखुरा बोकेर काठमान्डौ तर्फ जादैँ गरेको ग२ च ३३६५ नम्बरको बलेरो जिप नदी खसेको हो । दुर्घटनामा परि अन्य दुई जना समान्य घाईते भएका छन । उनीहरुको कलेज अफ मेडिकल साईन्सेज् शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार भईरहेको पं्रहरीले जनाएको छ ।