हंस सहकारीद्धारा महिला सदस्यहरुलाई सिपमुलक तालिम

चितवन, ०८ चैत । हंस बहुउद्देश्यीय सहकारी संस्था लि विजयनगर सेवा केन्द्रले आफ्ना महिला शेयर सदस्यहरुलाई ७ दिने सिपमुलक कुशन तथा गुडीया बनाउने तालिक कार्यक्रम संचालन गरेको छ ।
हंस सहकारीका अध्यक्ष दिनेश कुमार चुकेको प्रमुख आतिथ्यतामा सम्पन्न तालिममा शारदा संग्रौलाले ७ दिन सम्म सहभागिहरुलाई प्रशिक्षण दिनेछिन् ।
हसं सहकारीकी सदस्य एवं महिला उप समिति संयोजक राधादेवि आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा संचालक समिति सदस्य शारदा शर्मा पौडेल, विजयनगर सेवा केन्द्र संयोजक ध्रुव कुमार ओझा उप समिति सदस्य नेत्र कुमारी पौडेल सदस्य सन्ध्या लक्ष्मी चुके लगायतले स्वागत मन्तब्य राखेका थिए । १७ जना महिला शेयर सदस्यहरुको सहभागिता रहेको तालिम कार्यक्रम २ सिफ्टमा संचालन हुनेछ ।