नारायणगढ–मुग्लिन सडक खण्ड चैत १५ गतेदेखि ६ घण्टा बन्द गरिने (पुरा प्रेस विज्ञप्तीसहित)

 

शिव आचार्य
चितवन, ०८ चैत । नारायणगढ–मुग्लिन सडक विस्तार एवं पुनर्निर्माणका क्रममा तीव्र रुपमा अगाडी बढाउन चैत १५ गते देखि ६ घण्टा बन्द गरिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक निर्माण आयोजनाले सोमबार जारी गरेको सूचना अनुसार चैत १५ देखि सडकखण्ड दैनिक बिहान १० बजे देखि दिउसो ४ बजेसम्म वन्द हुनेछ ।
यसअघि विस्तारकै काम कामका लागि दैनिक बिहान साढे १० बजेदेखि ४ बजे सम्म गरि साढे ४ घण्टा पन्द हुदै आएको थियो ।
पूर्वपश्चिम राजमार्गबाट काठमाडौं र पोखरालाई जोड्ने मुख्य राजमार्ग नारायणगढ–मुग्लिन सडक दिउँसोको समयमा बन्द हुने भएपछि सडक यात्रामा याुत्रहरुलाई थप समस्या समेत पर्ने भएको छ ।
सडक निर्माण एवं विस्तारको क्रममा ट्राफिक जामका कारण घन्टौंसम्म सवारीसाधन रोकिनुपर्ने बाध्यता भएको इन्जिनियर खनालले बताए । उनले दैनिक ६ घन्टा बन्द भए पनि बाँकी समयमा दुवैतर्फ बाटो सहज सञ्चालन हुने बताए ।
बन्दको समयमा सवारी साधनलाई मुग्लिन र जुगेडीमा रोकिने जानकारी दिँदै खनालले यातायात आवागमन कम गरी काम छिटो सम्पन्न गर्न पश्चिमतर्फ जान सिद्धार्थ राजमार्ग र पूर्व जान त्रिभुवन राजपथलाई वैकल्पिक मार्गको रूपमा लिन सकिने बताए । नारायणगढ–मुग्लिन सडक खण्डलाई सन् २०१७ अप्रिल सम्ममा काम सम्पन्न गर्ने गरी चार लेनको सडक विस्तार भइरहेको छ ।

पुरा प्रेस विज्ञप्ती

नरायणगढ मुग्लीन सडक खण्डको निर्माण तथा व्यवस्थापन सम्वन्धमा
आज मिति २०७३/१२/०७ गते जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी श्री नारायण प्रसाद भट्टको अध्यक्षतामा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, नारायणगढ मुग्लीङ सडक आयोजनाका प्रमुख तथा ईन्जिनियरहरु, सम्बन्धित ठेकेदार कम्पनीका प्रमुख तथा प्रतिनिधिहरु र सडक निर्माण सम्वन्धि सम्वद्ध व्यक्तिहरुको उपस्थितिमा नारायणगढ– मुग्लीङ सडक खण्डको ट्राफिक व्यवस्थापन एवं निर्माण कार्यलाई प्रभावकारी बनाउन छलफल भई निम्नानुसार निर्णय गरियो ।
निर्णयहरुः
१) नारायणगढ –मुग्लीन सडक खण्डमा सवारी चलेका बखतमा सवारी विग्रेर वा अन्य कुनै कारणवाट सडक अवरुद्ध भएमा तत्कालै सुचारु गर्नकालागि रामनगर, सेतिदोभान, नौकिलो र मुग्लीनमा एक एक वटा लोडर चौविसै घण्टा स्टेन्डवाईमा रहने गरि ठेकेदार कम्पनिहरुले राखी सो को परिचालनकोलागि सम्पर्क व्यक्ति समेत तोकि निजको नाम र सम्पर्क नम्वर स्थानिय प्रहरी कार्यालयमा जानकारी गराउने निर्णय गरियो ।
२) नारायणगढ –मुग्लीन सडक खण्डमा धुलो उडेको र खाल्डा खुल्डी परेका कारण यात्रुलाई असुविधा भएको र सवारी दुर्घटना समेत हुन सक्ने भएकोले त्यसलाई व्यवस्थापन गर्नकालागि सम्वन्धित ठेकेदार कम्पनिले दैनिक कम्तिमा ४ पटक ( विहान ०७ः०० बजे, दिउसो १४ः३० बजे, साझ १८ः०० बजे र राती २२ः०० बजे ) सडकमा पर्याप्त मात्रामा पानी राख्ने र धुलो नउड्ने वातावरण मिलाउनका साथै सवारी चल्ने समय भन्दा पहिलानै खाल्डा खुल्डी पुरी, West materials व्यवस्थापन गरि दुवै तर्फको यातायात सुसञ्चालनको व्यवस्था मिलाउने निर्णय गरियो ।
३) सडकमा पानी राखे नराखेको र खाल्डा खुल्डी पुरे नपुरेको र दुवै तर्फवाट सवारी आवत जावत भए नभएको अनुगनम गर्न नारायणगढ मुग्लीन सडक खण्डमा रहेका नेपाल प्रहरीका QRT लाई अधिकतम परिचालन गरि जिम्मेवार बनाउने निर्णय गरियो ।
४) नारायणगढ मुग्लीन सडक खण्डमा कटिङ्ग गरेको ठाँउमा पहिरो झर्न सक्ने भएकोले प्रत्येक दिन कटिङ्गको कार्य समाप्त भए पछि स्लोप निकाल्ने र पहिरो नझर्ने व्यवस्था मिलाउने निर्णय गरियो ।
५) नारायणगढ –मुग्लीन सडक खण्डको आवागमनलाई सहज बनाउन सडक खण्डमा खाना खान बाहेकको समयमा कुनै पनि सवारी पार्किङ्ग गर्न नदिने व्यवस्थाकोलागि नेपाल प्रहरीका QRT लाई अधिकतम परिचालन गरि हाईवे चेकिङ्गलाई प्रभावकारी बनाउने निर्णय गरियो । ६) मिति २०७३/०९/१८ गतेको बैठकले निर्णय गरे बमोजिमका नारायणगढ मुग्लीन सडक खण्डका १० स्थानहरुमा एक हप्ता भित्र Convex Mirror राख्ने र बस्ती लगायत अन्य आवश्यक स्थानहरुमा सोलार बत्ति समेत राख्ने निर्णय गरियो ।
७) मुग्लीन बजार छेउको पहरा कटिङ्ग गर्ने समयमा हुने सम्भावित दुर्घटनालाई दृष्टीगत गरि आवश्यकता अनुसार तनहु तर्फवाट आउने सवारीलाई तनहु तर्फनै रोक्ने व्यवस्था मिलाउन समन्वय गर्ने र चितवन तर्फ पनि आवश्यकता अनुसार लेवाटार र कुरीनटार तर्फ उपयुक्त स्थानमा सवारी रोकी मुग्लीन बजारमा सुरक्षाको व्यवस्था मिलाउने निर्णय गरियो ।
८) नारायणगढ –मुग्लीन सडक खण्डको कामको गतिलाई बढाउने र आवश्यकता अनुसार ठेकेदार कम्पनिले मेसीन र मानीस समेत थप गरि २०७४ जेष्ठ १५ गते सम्म कटिङ्ग सहित सम्पूर्ण स्टक्चरको काम सक्ने व्यवस्था गर्ने निर्णय गरियो ।
९) नजिकिदै गएको बर्षायाममा हुन सक्ने असुविधा र नारायणगढ –मुग्लीन सडक खण्डमा यात्रुहरुलाई पर्न गएको असुविधालाई लामो समय सम्म रहि रहन नदिई समयमै काम सम्पन्न गर्नकालागि हाल विहान १०ः३० बजे देखि दिनको १५ः०० बजे सम्म सवारीलाई रोक्ने गरिएकोमा सो समयलाई बढाएर भए पनि काम चाडो सक्दा यात्रीलाई तत्कालकोलागि असुविधा भए पनि निर्माण कार्यले गति लिई वर्षायाममा सहज हुने देखिएकोले मिति २०७३ चैत्र १५ गते देखि लागु हुने गरि विहान १०ः०० बजे देखि अपरान्ह १६ः०० बजे सम्म एम्वुलेन्स बाहेकका अन्य सवारी रोकी निर्माण कार्यलाई गति दिने निर्णय गरियो ।