महानगरपालिकाको वारुण यन्त्र तयारी अवस्थामा

पुनम गौतम
चितवन, ०७ चैत । भरतपुर महानगरपालिकाको वारुण यन्त्र तयारी अवस्थामा रहेकोे जनाएको छ ।
गर्मी समय शुरु भएसंगै आगलानी नियन्त्रणका लागि सो तयारी गरिएको हो ।
महानगरपालिकामा २ वटा वारुण यन्त्र रहेको र सो यन्त्रलाई आवश्यक पर्ने पानी कार्यलयबाटै भर्ने गरेको वारुण यन्त्र विभागका साहायक अधिकृत प्रकाश शाहीले जानकारी दिए । साथै टाढा–टाढा अग्नि नियन्त्रणको लागि जादा थप पानीको आवश्यकता परेमा खोलाबाट भर्ने गरेको उनले बताए ।
भरतपुर महानगरपालिकाको वारुण यन्त्र विभागमा १५ जना कर्मचारीहरु रहेका छन् ।

ती कर्मचारीहरु अग्नि नियन्त्रणका लागि २४ सै घण्टा तयारी अवस्थामा रहेको समेत शाहीले जानकारी दिए । अघिल्ला–अघिल्ला वर्षको तुलनामा गत वर्ष देखि आगलागीको घटनामा वृद्धि भएको भरतपुर महानगरपालिको तथ्याङकमा उल्लेख छ ।

आर्थिक वर्ष २०७०/७१ मा ५६ ठाउ“मा अग्नि नियन्त्रण गरेकोमा गत वर्ष ७५ ठाउँमा अग्नि नियन्त्रण गरेको छ भने चालु आर्थिक वर्षमा ३६ ठाउँमा अग्नि नियन्त्रण गरिएको शाहीले जानकारी गराए ।