माओवादी केन्द्रलाई जग्गा दान

चितवन, चैत ६ । समाज सेवी सावित्रा सिलवाल र श्रृषिराम सिलवालले नेकपा माओवादी केन्द्र ईच्छाकामना गाउँपालिकालाई जग्गा दान गरेका छन ।
माओवादी केन्द्रको भवन निर्माणका लागि इच्छाकामना गाउँपालिका अन्तरगत वडा न. ४ कुरिनटारमा रहेको दश धुर जग्गा दान गरेका हुन ।
माओवादी केन्द्र ईच्छाकामना गाउँपालिकाको शनिबार भएको प्रथम भेलामा उनिहरुले जग्गा दानको घोषण गरेका हुन ।