दश जना जुवाडेलाई जुवा ऐन मुद्दा, पढौं दश जुवाडेको नाम

शिव आचार्य

चितवन, ०५ चैत । चितवनमा दश जनालाई जुवाडेलाई जुवा ऐन २०२० अन्तर्गत मुद्दा लगाईएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनको सामाजिक विकृति विसंगति लाई रोकथाम तथा न्युनिकरण गर्ने उदेश्यले जुवा खेल्ने व्यक्तिहरुलाई पक्राउ गर्ने अभियान अनर््गत जुवा तास खेल्ने दश जनालाई मद्दा चलाईएको हो ।
भ.म.न.पा.११ नौरंगे स्थित डिल वहादुर गुरुङको घर नजिकै रहेको कुखुराको खोरमा ताख खेल्दै गर्दा नगद रु. दुई लाख एद्यार हजार छ सय ८ रुयैया नगद र ४ बुक तास समेत बरामदसहित जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए ।
यसरी मुद्दा चलाईएकामा चितवन जिल्ला भ.म.न.पा.१२ बस्ने वर्ष ३७ को विश्राम दराई, ना.न.पा.५ वस्ने वर्ष ५७ को ओम गुरुङ, भ.उ.म.न.पा.११ वस्ने वर्ष वर्ष ५३ को दुर्गा कुमाल, भ.म.न.पा.१२ वस्ने वर्ष ४४ को दल बहादुर आले, भ.म.न.पा.११ वस्ने ५० को नर बहादुर लामा, भ.म.न.पा.११ वस्ने ४२ को मान बहादुर कुमाल, भ.म.न.पा.१२ वस्ने वर्ष ५० को डिल बहादुर श्रेष्ठ, सोही ठाउका वर्ष४० को डम्वर बहादुर गुरुङ, वर्ष ४५ को देव बहादुर गुरुङ र वर्ष ३४ को चुडामणी महतो रहेको प्रवक्ता श्रेष्ठले बताए । उनीहरुलाई चितवन जिल्ला अदालतबाट ७ (सात) दिन म्याद थप गरि कानुनी प्रक्रिया अगाडि बढाएके उनले बताए ।