ज्योति मगरको अर्को धमकेदार गीत (भिडियोसहित)

काठमाडौं, चैत ३ । हट मोडल तथा गायिका ज्योति मगरको नयाँ भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गरिएको ‘ताला चावी झैँ’ गीतमा पूर्ण परियार र देवी घर्तीमगरको आवाजमा रहेको छ । सार्वजनिक गीतको भिडियोमा ज्योति मगर र शंकर बिसी फिचरिङमा रहेका छन् । भिडियोको निर्देशन शंकर बिसीले गरेका छन् । एकनारायण भण्डारीको लय र शब्द रहेको गीतलाई कमल सौरागले एरेन्ज गरेका छन् । राजेश घिमिरेले खिचेको भिडियोमा नवीन घर्तीमगरको सम्पादन रहेको छ । भिडियोलाई क्यानडा नेपालले बजारमा ल्याएको हो ।