होलीमा ९ जनालाई मुद्दा

राजेन्द्र आचार्य
चितवन ३० फागुन । चितवनमा होलीको अवसरमा ९ जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिई कानुनी प्रकृया अगाडि बढाईएको जनाएको छ । होली पर्व विशेष सुरक्षा चेकिङ तथा कारवाही अभियान अन्र्तगत मादक पदार्थ र लागुऔषध सेवन गर्नेलाई पक्राउ गरि कानुनी प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले जानकारी दिए । उनीहरुलाई लगाुऔध र सार्वजनिक अपराध ऐन अनर््गत मुद्दा चलाईएका उनले बताए
होली पर्व २०७३ लाई शान्त पुर्ण रुपमा सम्पन्न गराउनका लागि जिल्ला प्रहरी कार्यालय चितवनले होली विशेष सुरक्षा योजना समेत प्रभावकारी उनले बताए ।
सो अवसरमा जिल्ला भर ३ सय ७८ जना प्रहरी जनशक्ति परिचालन गरिएको ,२७ स्थानमा चेकप्वाइन्ट, ७ स्थानमा च्क्ऋऋ चेकिङ र सादा पोशाकका समेत प्रहरी परिचालन गरिएको थियो ।

भने सो अवसरमा सवारी नियम उलङ्घन गरी सवारी चलाउने ३९ जना, मापसे गरि सवारी चलाउने ११ जना ,वोलेरो चालक १ जना र नशालु पदार्थ सेवन गर्ने ९ जना समेतलाई नियन्त्रणमा लिएको थियो ।